आज छैन भारी वर्षाकाे जाेखिम

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका केही स्थानमा वर्षाको सम्भावना छ । भारी वर्षा नहुने अनुमान छ । भोलि  देशका केही स्थानमा भारी वर्षा हुनेछ ।

विभागका अनुसार दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका थोरै स्थानहरू र तराईको एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

मौसमविद् गोविन्द झाका अनुसार काठमाडौंमा आज अपराह्नपछि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

विभागले राति देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा छ । न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा भएपछि जलवाष्पयुक्त हावा पनि कम आउँछ । त्यसैले ठूलो वर्षा हुँदैन । न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणतर्फ हुँदा भारतमा ठूलो वर्षा हुन्छ ।

न्यूनचापीय रेखा भोलिबाट पुनः उत्तरतर्फ सर्ने सम्भावना रहेकाले भाेलि वर्षाकाे सम्भावना छ ।

प्रकाशित मिति: मङ्गलबार, १० भदौ, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.