अनेरास्ववियु माेरङमा विवाद : दुई संयाेजक ताेकिए

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु मोरङ जिल्ला कमिटीमा दुई जना संयाेजक ताेकिएका छन् ।

संस्थापन पक्ष र इतर पक्षले छुट्टा छुट्टै व्यक्तीलाई संयोजक तोकेकाे हाे ।

भदौं ७ गते अखिलको जिल्ला कमिटी बैठकमा विवाद भएपछि संस्थापन पक्षले एलिस ओझा र विद्यादेवी भण्डारी पक्षले संगम कन्दङ्वालाई संयोजकको जिम्मेवारी दिएको हो ।

गत फागुनमा तत्कालीन जिल्ला सचिव वीरेन्द्र घिमिरेलाई संयोजकको जिम्मेवारी दिएको थियो । अखिलमा ३२ वर्षे उमेर हद लागेपछि जिल्ला कमिटी बैठकमा घिमिरेसँग नेताहरुले उमेर खुल्ने कागजात माग गरेका थिए । विवाद भएपछि उनले बैठक छाडे । घिमिरे बाहेकको जिल्लाका पदाधिकारी बैठकले कन्दङ्वालाई संयोजकको जिम्मेवारी दिएको थियो ।

लगतै घिमिरेले ओझालाई संयोजक तोकेका थिए । घिमिरे नेकपा एमाले संस्थापन पक्षका हुन् ।

एमाले अखिल मोरङका नेता नविन पहाडीका अनुसार जिल्ला कमिटीकाे पदाधिकारी बैठकले कन्दङ्वा संयोजक ताेकेकाे हाे । घिमिरे भने संयोजकको जिम्मेवारीमा रहेका कारण आफ्नो अधिकार प्रयोग गरेर ओझालाई जिम्मेवारी दिएको बताउँछन् ।

प्रकाशित मिति: सोमबार, ०९ भदौ, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.