अनेरास्ववियु माेरङमा विवाद : दुई संयाेजक ताेकिए

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु मोरङ जिल्ला कमिटीमा दुई जना संयाेजक ताेकिएका छन् ।

संस्थापन पक्ष र इतर पक्षले छुट्टा छुट्टै व्यक्तीलाई संयोजक तोकेकाे हाे ।

भदौं ७ गते अखिलको जिल्ला कमिटी बैठकमा विवाद भएपछि संस्थापन पक्षले एलिस ओझा र विद्यादेवी भण्डारी पक्षले संगम कन्दङ्वालाई संयोजकको जिम्मेवारी दिएको हो ।

गत फागुनमा तत्कालीन जिल्ला सचिव वीरेन्द्र घिमिरेलाई संयोजकको जिम्मेवारी दिएको थियो । अखिलमा ३२ वर्षे उमेर हद लागेपछि जिल्ला कमिटी बैठकमा घिमिरेसँग नेताहरुले उमेर खुल्ने कागजात माग गरेका थिए । विवाद भएपछि उनले बैठक छाडे । घिमिरे बाहेकको जिल्लाका पदाधिकारी बैठकले कन्दङ्वालाई संयोजकको जिम्मेवारी दिएको थियो ।

लगतै घिमिरेले ओझालाई संयोजक तोकेका थिए । घिमिरे नेकपा एमाले संस्थापन पक्षका हुन् ।

एमाले अखिल मोरङका नेता नविन पहाडीका अनुसार जिल्ला कमिटीकाे पदाधिकारी बैठकले कन्दङ्वा संयोजक ताेकेकाे हाे । घिमिरे भने संयोजकको जिम्मेवारीमा रहेका कारण आफ्नो अधिकार प्रयोग गरेर ओझालाई जिम्मेवारी दिएको बताउँछन् ।

प्रकाशित मिति: सोमबार, ०९ भदौ, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.