काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा छ । बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकोले मनसुन गतिविधि केही बढ्ने देखिएको विभागले बताएको छ ।
जसले गर्दा देशका विभिन्न स्थानमा आज वर्षाको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भूभागका केही स्थानमा र तराईको थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
लुम्बिनी प्रदेशको तराईको भूभाग साथै वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
विभागका अनुसार राति मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भूभागमा साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
मधेस, कोशी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
गण्डकी प्रदेशको पहाडी र लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)