माैसम : चार प्रदेशमा भारी वर्षाकाे सम्भावना

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले आज बिहान जारी गरेको बुलेटिनमा लेखिए अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको तराई र पहाडी भूभागका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना छ । अन्य स्थानमा भने मध्यम वर्षाको सम्भावना छ ।

यसैगरी आज राति पहाडी भूभागका केही स्थानहरूमा र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षाको पनि हुनसक्ने विभागले जनाएको छ ।

विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ ।

गएराति सुर्खेतको गोठीकाँडा, सुर्खेत एयरपोर्ट, पश्चिम रुकुमको बाँफीकोट, पर्वतको कुस्मा, कास्कीको लुम्ले र रिवान, लमजुङको भुजुङ र खुदिबजार, सिन्धुपाल्चोकको बोल्डे, काठमाडौंको सुन्दरीजल, धनकुटाको पाख्रिबास र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको थियो ।

गएराति काठमाडौंको गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको थियो । त्यसैले विभागले जोखिम क्षेत्रका बासिन्दाका मोबाइलमा एसएमएस पठाएर सतर्कता अपनाउन भनेको थियो ।

त्यसैगरी रुपन्देही जिल्लास्थित लुम्बिनी वर्षामापन केन्द्रमा पनि भारी वर्षा मापन भएको थियो । त्यसैले सो क्षेत्र भई बहने ससाना खोलाहरूमा बहाव बढ्न सक्ने भन्दै तटीय क्षेत्रमा रहेकाहरुलाई सतर्कता अपनाउन भनिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, ०६ भदौ, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.