विराटनगरमा सवारी दुर्घटना हुँदा बर्जुका चाैधरीको मृत्यु

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगर महानगरपलिका– ४ दुधफारम चोकमा प्रहरीकाे चेकजाँचका क्रममा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बुधबार राति करिब साढे ८ बजे कोशी राजमार्गको दुधफारम चोकमा दुर्घटना हुँदा सुनसरीको बर्जु गाउँपालिका– ६ का २८ वर्षीय पुष्पकुमार चौधरीको मृत्यु भएको हो ।

विराटनगरबाट नेमुवातर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ५१८९ नम्बरको मिनी ट्र्कलाई प्रहरीले रोकेर चेक जाँच गर्ने क्रममा सोही दिशाबाट आउदै गरेको प्रदेश १–०२–००४६ प ६४०१ नम्बरको मोटरसाइकल ट्रकको पछाडि ठोक्किएर दुर्घटना भएको थियो ।

तिव्रगतीमा रहेको मोटरसाइकल दुर्घटना हुँदा चालक पुष्पकुमार चौधरी गम्भीर घाइते भएका थिए । उनको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनापछि ट्रक र चालक मोरङ बुढीगंगा गाउँपालिका – १ का ३१ वर्षीय सन्तोषकुमार आचार्यलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: बिहिबार, ०५ भदौ, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.