विराटनगर । मोरङको लेटाङमा बजारबाट घर फर्कदै गरेका दुई जनालाई चिसाङ खोलाले बगाएको छ ।
बुधबार साँझ लेटाङ नगरपालिका–१ अमलबोटेका अन्दाजी ७५ वर्षीय बुद्धवीर तामाङ र लेटाङ– २ किराँत चोकका ५० वर्षीय च्याङ्बा भनिने टिंके घिसिङलाई चिसाङ खोलाले बगाएको हो ।
लेटाङ बजारबाट घरतर्फ फर्किने क्रममा लेटाङ–६ लामिटारस्थित बगुवा भन्ने ठाउँबाट साझ साढे ५ बजे खाेलाले उनीहरुलाई बगाएको थियो ।
मोरङ प्रहरीका डीएसपी हस्तबहादुर सुनुवारका अनुसार करिब ८ सय मिटर बगाएको अवस्थामा बुद्धवीरको शव फेला परेको थियो । घिसिङको शव करिब ९ सय मिटर तल खोलाको बीच भागमा फेला परेको थियो ।
प्रहरीका अनुसार उनीहरु खोलामासँगै तर्दै थिए । बहाव सामान्य बढेको खोलाले दुवैलाई बगाएको थियो । मृतककाे शव पाेष्टमार्टमका लागि वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएकाे प्रहरीले बताएकाे छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,668)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,284)