लेटाङमा बजारबाट घर फर्कदै गरेका दुई जनालाई खोलाले बगायो

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको लेटाङमा बजारबाट घर फर्कदै गरेका दुई जनालाई चिसाङ खोलाले बगाएको छ ।

बुधबार साँझ लेटाङ नगरपालिका–१ अमलबोटेका अन्दाजी ७५ वर्षीय बुद्धवीर तामाङ र लेटाङ– २ किराँत चोकका ५० वर्षीय च्याङ्बा भनिने टिंके घिसिङलाई चिसाङ खोलाले बगाएको हो ।

लेटाङ बजारबाट घरतर्फ फर्किने क्रममा लेटाङ–६ लामिटारस्थित बगुवा भन्ने ठाउँबाट साझ साढे ५ बजे खाेलाले उनीहरुलाई बगाएको थियो ।

मोरङ प्रहरीका डीएसपी हस्तबहादुर सुनुवारका अनुसार करिब ८ सय मिटर बगाएको अवस्थामा बुद्धवीरको शव फेला परेको थियो । घिसिङको शव करिब ९ सय मिटर तल खोलाको बीच भागमा फेला परेको थियो ।

प्रहरीका अनुसार उनीहरु खोलामासँगै तर्दै थिए । बहाव सामान्य बढेको खोलाले दुवैलाई बगाएको थियो । मृतककाे शव पाेष्टमार्टमका लागि वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएकाे प्रहरीले बताएकाे छ ।

प्रकाशित मिति: बुधबार, ०४ भदौ, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.