दमक । झापाकाे छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मंगलबार दमक नगरपालिका– ७ स्थित पूर्वपश्चिम लोकमार्ग र बुद्धशान्ति गाउँपालिका– ४ बर्ने स्थित मेचि राजमार्गमा सवारी दुर्घटना हुँद २ जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मंगलबार बिहान करिब ८ बजे पूर्वपश्चिम लोकमार्गको दमकबाट पाडाजुँगितर्फ जाँदै गरेको प्र१–०२–००२ ख ०९१२ नम्बरको बन्दाकोपी बोकेको ट्रकले विपरित दिशाबाट आउँदै गरेको प्र१–०१–०१२ प ९३१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकलमा सवार ४२ वर्षीय मुना गौतमको घटनास्थलमै मृत्यु भएको हो । उनका श्रीमान झापाको कमल गाउँपालिका– ५ का ४३ वर्षीय सुकदेव गौतम घाइते भएका छन् ।
मंगलबार दिउँसो साढे ३ बजे इलामबाट मेची राजमार्ग हुँदै बुधबारेतर्फ आँउदै गरेको बीआर ५५८५०० नम्बरको भारतीय स्कारपियो र प्र १–०१–
०१६प ३६६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा चालक झापाको बुद्धशान्ती– १ का ४६ वर्षीय ठाकुर अधिकारी घाइते भएका थिए । उनको उपचारका क्रममा बीएण्डसी अस्पताल बिर्तामोड मृत्यु भएको प्रहरीले बताएको छ ।
प्रहरीले दुवै घटनामा संलग्न सवारी र चालकलाई नियन्त्रणमा लिएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)