विराटनगरमा विद्यादेवी भण्डारी : कार्यालय जान नेताले रोक्न खाेजे, तर सकेनन्

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेकपा एमालेकाे सक्रिय राजनीतिमा फर्किएकाे घोषणापछि सोमबार विराटनगर आएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार दिउँसो एमाले मोरङको पार्टी कार्यालय जाने कार्यक्रम थियाे ।

नेता कार्यकर्ताले १० वर्षपछि पूर्वराष्ट्रपति पार्टी कार्यालय आउने भन्दै स्वागतका लागि प्रचार गरे । तर संस्थापन पक्षलाई यो विषय मन परेन्, प्रदेश अध्यक्ष घनश्याम खतिवडाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति भण्डारीको कुनै कार्यक्रम नराख्न जिल्ला सचिव सोमराज थापालाई फोन गरेर निर्देशन दिए ।

एमाले विराटनगर महानगरपालिका इञ्चार्ज पर्शुराम बस्नेतले पार्टी कार्यालयमा कुनै कार्यक्रम नभएको भन्दै कार्यकर्तालाई नजान उर्दी जारी गरे ।

संस्थापन पक्षले रोक्ने प्रयास गरेपनि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी दिउँसो करिब १ बजे पार्टी कार्यालय पुगिन् ।

पार्टी कार्यालयमा भण्डारीलाई जिल्ला र विराटनगर महानगरपालिका नगर नेतृत्वले स्वागत गर्‍याे । जिल्ला र नगरको नेतृत्व भण्डारी पक्षकै छ । विद्या भण्डारी आउँदा केपी शर्मा ओली पक्षका नेता कार्यकर्ता गएनन् ।

पार्टी कार्यालय पुगेर मदन भण्डारी, मनमोहन अधिकारी र पुष्पलाल श्रेष्ठको शालिकमा माल्र्यापण गरिन् । ‘भूकम्पको बेला यहाँ आएको थिए होला, त्यसपछि आज आइयो,’ पार्टी कार्यालयमा स्वागत गर्न बसेका नेताहरुसँग भलाकुसारी गरेकी उनले भनिन्,‘ धेरै परिवर्तन भएछ । पार्टी कार्यालय पुग्दा सदस्यता लिएकाे, पार्टीकाे काम गरेकाे र आन्दाेलनमा सहभागि भएकाे विषय सम्झिइन् ।

पार्टीको सभा कक्षमा भेला भएका समर्थकलाई सम्बोधन गरेपछि फोटो खिचेर उनी फर्किइन् ।

१० वर्षपछि पुग्दा आएन संस्थापन पक्ष

एमाले पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारी पार्टी कार्यालय पुग्दा संस्थापन पक्षका नेताहरु थिएनन् । भण्डारी पक्षका केही नेता कार्यकर्ता उपस्थित भएका थिए । संस्थापन पक्षले सुरुमा उनलाई रोक्न खोज्यो, नसकेपछि कार्यकर्तालाई रोके र आफूपनि आएनन् ।

‘उहाँहरुले फोन गरेर औपचारिक अनौपचारिक कार्यक्रम नराख्न भन्नु भएको थियो,’ भण्डारी पक्षका एक नेताले भने,‘ नेता कार्यकर्तालाई फोन गरेर नजा भन्नुभयो ।’

नेकपा एमाले प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले पूर्वराष्ट्रपति भण्डारीको कुनै कार्यक्रम नराख्न जिल्ला कमिटीलाई निर्देशन दिएको स्विकार गरे । ‘मैले कार्यक्रम नराख्नुहोस् भनेको हाे ,’ खतिवडाले  भने,‘ उहाँहरुले राख्नु भयाे ?, त्यसले केही रियाक्सन ल्यायो भने उहाँहरुले नै व्यहोर्नुपर्छ ।’

एमाले जिल्ला सचिव साेमराज थापाले अनाैपचारिक भेटघाट राखिएकाे बताए ।

भण्डारी पार्टी कार्यालय आउँदा संस्थापन पक्षका नेताहरुले रिसाएका छन् । एमालेको राजनीतिमा फर्किएको घोषणा गरेकी भण्डारीलाई नेकपा एमाले केन्द्रीय कमिटीले सदस्यता नविकरण नगर्ने निर्णय गरिसकेको छ । भण्डारीको पक्ष र विपक्षमा बहस नगर्न पनि सर्कुलर जारी गरेको छ । पार्टीको निर्देशन भएका कारण संस्थापन पक्षका नेताहरु सहभागी नभएका हुन् ।

‘पार्टीमा फर्किएपछि पहिलाे पटक कार्यकर्तालाई सम्बाेधन’

विद्या भण्डारीकाे राजनीतिक जीवन विराटनगरबाटै सुरु भएकाे थियाे । विराटनगर पार्टी कार्यालय पुग्दा उनले विगत सम्झाइन् । पहिलाे सदस्यता पनि विराटनगरबाट नै लिएकाे बताइन् । ४५ वर्षअघि पार्टी सदस्यता लिएकाे स्मरण गर्दै उनले पहिलाे पटक कार्यकर्तालाई सम्बाेधन गरेकी हुन् ।

‘अहिले पार्टीको विशेष जिम्मेवारीमा त म छैन तर, राष्ट्रपतिबाट निवर्तमान भइसकेपछि मैले पार्टीको मेरो सदस्यता नवीकरण गरेको छु, ४५ वर्ष भइसक्यो म पार्टी सदस्य भएको,’ उनले भनिन्,‘ एउटा सुखद संयोग के छ भने, पार्टी सदस्य पनि म विराटनगरबाटै भएको, अनि सपथ पनि यहीँ खाएको र यहीँबाट २०४६ सालको जनआन्दोलनमा पनि भाग लिएको । त्यसपछि हामी काठमाडौँ गएको हो ।’

उनले विराटनगरसँग भावना जोडिएको बताइन् । ‘सबै हिसाबले विराटनगर, मोरङ चाहिँ हाम्रो गृह जिल्ला, प्रिय नगर जस्तो भएर जोडिएको छ ।’ उनले भनिन् ,‘म नेकपा (एमाले) हुँ र नेकपा(एमाले) को संगठित सदस्य हो, त्यस्तो जिम्मेवारी चाहिँ विशेष छैन ।’

‘राष्ट्रिय स्वाधीनतालाई सुदृढ बनाउनुपर्छ र राष्ट्रिय अर्थतन्त्रको विकास गरेर आत्मनिर्भर हुनुपर्छ र समृद्धिको बाटोमा जानुपर्छ,’ उनले भनिन्,‘ नेकपा (एमाले)ले मार्गदर्शन सिद्धान्तको रूपमा लिएको जनताको बहुदलीय जनवादको पनि त्यही नै उद्देश्य हो ।’

‘म पार्टीकै कार्यकर्ता हो,यही पार्टीबाट हुर्किएर देशको राष्ट्रपतिसम्म भएँ र फेरि राष्ट्रिय एजेन्डामा काम गर्नको लागि नेकपा (एमाले) नै उपयुक्त पार्टी हो भनेर फर्के,’ उनले भनिन् ,‘म तपाईँहरूकै परिवारमा आबद्ध भएको छु ।…. हामीले राष्ट्रिय कामहरु, हाम्रा राष्ट्रका अभिभाराहरू यो पार्टीले पूरा गर्न सक्छ भन्ने मलाई लागेको छ।’

प्रकाशित मिति: मङ्गलबार, ०३ भदौ, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.