विराटनगर । विराटनगरमा रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग कोशी प्रदेशका मुख्यमन्त्री हिक्कतकुमार कार्कीले भेटघाट गरेका छन् । भण्डारीलाई सोमबार राति करिब १ घण्टा भेटघाट गरेका हुन् ।
भेटका क्रममा पूर्वराष्ट्रपति भण्डारीले अध्यक्ष ओलीले आफूलाई अपमानित गरेको गुनासो गरेको मुख्यमन्त्री निकट स्रोतले बताएको छ ।
पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न मुख्यमन्त्री कार्की, आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगर, आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी, खानेपानी, सिंचाई तथा उर्जा मन्त्री एकराज कार्की र सामाजिक विकास मन्त्री पाँचकर्ण राई पुगेका थिए । विग होटलमा सामुहिक भेटपछि मुख्यमन्त्रीले भने करिब १ घण्टा वान टु वान छलफल गरेका थिए ।
प्रदेशका मन्त्री र मुख्यमन्त्रीले सुटुक्क भेटेपनि कार्यकर्तालाई भने पूर्वराष्ट्रपतिलाई नभेट्न नेकपा एमालेले उर्दी नै जारी गरेको छ ।
भण्डारीले मंगलबार दिउँसो १२ बजेदेखि १ घण्टा पार्टी कार्यालय पाञ्चालीकमा कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम तय गरेपछि नेकपा एमाले विराटनगर इञ्चार्ज पर्शुराम बस्नेतले कुनै कार्यक्रम नभएको दाबी गर्दै नजान कार्यकर्तालाई उर्दी जारी गरेका हुन् ।
‘केही सामाजिक सञ्जाल, फोन र मेसेजमार्फत आज भदौ ३ गते दिउँसो १२ बजे नेकपा (एमाले) जिल्ला कार्यालयमा पार्टी कार्यकर्ता भेलाको कार्यक्रम रहेको भनी प्रचार गरिएको पाइएको छ, ’उनले लेखेका छन्,‘ नेकपा (एमाले)को केन्द्रीय, प्रदेश वा जिल्ला तहबाट त्यस प्रकारको कुनै पनि कार्यक्रम निर्धारण गरिएको छैन । साथै, जिल्ला कार्यालय वा विराटनगर महानगरपालिका भित्र पार्टीको कुनै पनि औपचारिक कार्यक्रम तय गरिएको छैन । तसर्थ, सो झुटो प्रचारप्रसारप्रति नझुक्किनुहुन सम्पूर्ण नेता, कार्यकर्ता तथा पार्टीप्रेमी जनसमुदायमा हार्दिक अनुरोध गर्दछु ।’
नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी भण्डारीलाई एमालेले सदस्यता नदिने निर्णय गरिसकेको छ । भण्डारकिा विषयमा छलफल बहस नगर्न पनि मातहतका कमिटीलाई निर्देशन दिएको थियो ।
निर्देशन विपरित भेटघाट कार्यक्रा राखेको भन्दै अध्यक्ष केपी शर्मा ओली पक्षले पूर्वराष्ट्रपतिलाई भेट्न नजान भनेकाे हाे । तर, विराटनगर महानगरको नेतृत्वमा विद्या भण्डारी समूहको बहुमत छ । बहुमत पक्षले भेटघाट कार्यक्रम आयोजना गरेपछि केपी शर्मा ओली पक्षधर नेताहरुले स्थानीय नेता तथा कार्यकर्तालाई फोन गरेर पार्टी कार्यालय नजान उर्दी जारी गरेको भण्डारी पक्षका नेताहरुले बताएका छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)