राधाकृष्ण रथयात्रामा ५ वटा सिक्री हरायाे, शंकास्पद गतिविधि गर्ने ५७ जना पक्राउ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । राधाकृष्ण रथयात्राका क्रममा विराटनगरबाट प्रहरीले ५७ जनालाई नियन्त्रणमा लिएको छ । भिडभाडमा शंकास्पद र अवाञ्छित गतिविधि गर्ने ५७ जनालाई नियन्त्रणमा लिएकाे हाे ऽ

मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार चोरी तथा पकेटमारीमा संलग्नको आशंकामा पनि केही व्यक्तिलाई नियन्त्रणमा लिइएको छ ।

प्रहरीले नियन्त्रणमा लिएकामध्ये ५३ जना पुरुष र ४ जना महिला छन् । महिलालाई भने आइतबार राति नै छाडिसकेको छ ।

नियन्त्रणमा लिइएकामध्ये कतिपयको साथबाट मोबाइल बरामद भएको जानकारी एसपी चिमरियाले दिए । नियन्त्रणमा लिइएकामाथि ‘स्क्रिनिङ’ गर्ने काम भइरहेको प्रहरीले जनाएकाे छ ।

रथयात्राका क्रममा सुनका ५ वटा सिक्री र ९ वटा मोबाइल चोरी भएको जानकारी प्रहरीले प्राप्त गरेको छ । चोरी भएका उजुरी प्रहरीमा पर्ने क्रम जारी  रहेकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति: सोमबार, ०२ भदौ, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.