मनसुन कमजाेर भएपनि केही स्थानमा भारी वर्षाकाे सम्भावना

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेकाे छ ।

जसले गर्दा नेपालमा मनसुन केही कमजोर रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। तर, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम भने यथावत छ । जलवाष्पयुक्त हावाकाे प्रभावले नेपालका केही स्थानमा भारी वर्षाकाे सम्भावना रहेकाे विभागले जानकारी दिएको छ ।

विभागका अनुसार सोमबार दिउँसो देशभर साधारणतया बदली रहनेछ ।

कोशी, बागमती, मधेस र लुम्बिनी प्रदेशको तराई र पहाडी भू–भागलगायत देशको बाँकी पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशको तराई र बाग्मती प्रदेशको पहाडी भु–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राति कोशी र मधेस प्रदेश प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। मधेस, कोशी प्रदेशको पहाडी तथा तराई भू–भागलगायत बाँकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू–भाग तथा बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

प्रकाशित मिति: सोमबार, ०२ भदौ, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.