विराटनगर । विराटनगरमा कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्रा आज दिउँसाे निकालिदैछ । रथयात्रा दिउँसो ३ बजेबाट सुरु हुनेछ । रथले बजार क्षेत्रकाे ९ किलोमिटर यात्रा तय गर्नेछ । रथयात्राकाे अवधि राति करिब ९ बजेसम्मकाे हुनेछ ।
५८ औं संस्करणको रथयात्रा विराटनगर–१ को राधाकृष्ण मन्दिरबाट सुरु भइ तीनपैनी, मेनरोड, ट्राफिक चोक, महेन्द्र चोक, रोड शेष चोक हुँदै बरगाछी भएर पुनः मन्दिरमा पुगेर सम्पन्न हुनेछ । नगर परिक्रमाका समयमा ४३ स्थानमा विश्राम लिने बताइएको छ ।
वर्षौं पुरानो यो परम्परा विराटनगरको सांस्कृतिक पहिचान पनि हाे । रथयात्रामा हजारौं भक्तजन सहभागी हुन्छन् । रथयात्राका लागि प्रदेश सरकारले झापा माेरङ र सुनसरीमा विदा दिएकाे छ ।
विक्रम संवत १९८८ मा विराटनगर महानगरपालिका–१ मा राधाकृष्ण मन्दिरको स्थापना भएकाे थियाे । त्यसपछि कृष्ण जन्माष्टमीको भोलिपल्ट खटयत्रा निकालिएकाे थियाे ।
विगतको रथलाई केही परिमार्जन गरेर यसपटक फरक शैलीमा निर्माण गरिएको छ । रथयात्राका क्रममा भक्तजनहरूले भगवानको दर्शन गर्न नपाएको गुनासो धेरै आएपछि यसपटक सबै जनाले देख्ने गरी रथ बनाइएको रथयात्रा व्यवस्थापन समितिका अध्यक्ष कैलाश रेग्मीले जानकारी दिए ।
पेगोडा शैलीको रथको लम्बाइ १९ फिट, चौडाइ १४ र उचाइ १८ फिट छ । विराटनगरका केही व्यक्तिहरूले विक्रम संवत १९८८ सालदेखि ‘खटयात्रा’ रूपमा शोभायात्रा सुरू गरेको इतिहास रहेको रेग्मीले बताए ।
२०२२ सालदेखि बायलगाडामा निकालिन थालियो । २०२५ सालमा विराटनगरका भूपालमानसिंह कार्की र सत्यनारायण धनावतले रथ निर्माण गरेपछि यो रथयात्राको सुरुवात भएको बताइएको छ । रथयात्रा सुरु हुनुअघि करिब १ किलोमिटरसम्म विभिन्न किसिमका झाँकी, जातजातिका नृत्य, भजन मण्डलीलगायत रहने छन् । रथयात्राका क्रममा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिने छ ।
रथयात्रामा स्वदेश तथा विदेश अर्थात् छिमेकी मुलुक भारतबाट लाखौं भक्तजनहरु आउने हुँदा सुरक्षा संयन्त्रलाई चुस्तदुरुस्त बनाइएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)