काठमाडाैं । नेपालमा मनसुन केही कमजोर भए पनि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी रहेका कारण भारी वर्षाकाे सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज देशका केही स्थानमा मध्यमदेखि भारीसम्म वर्षा हुने सम्भावना छ ।
महाशाखाका अनुसार मधेश प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशका तराई र पहाड भूभाग तथा बाँकी प्रदेशका पहाड भूभागका केही स्थान साथै बाँकी तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाकाे सम्भावना छ।
कोशी प्रदेश र बागमती प्रदेशका पहाड भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आज राति कोशी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाड भेगमा साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली रहनेछ ।
मधेश प्रदेशलगायत कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड तथा तराई भूभाग र बाँकी प्रदेशका पहाड भूभागका थोरै स्थान तथा तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । राति पनि काेशी प्रदेशका केही स्थानमा भारी वर्षाकाे सम्भावना छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,443)
जीवन विकासले बोलायो साधारणसभा (2,411)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,370)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,353)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,224)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,582)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)