बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपालमा, केही स्थानमा भारी वर्षाकाे सम्भावना

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । नेपालमा मनसुन केही कमजोर भए पनि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी रहेका कारण भारी वर्षाकाे सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज देशका केही स्थानमा मध्यमदेखि भारीसम्म वर्षा हुने सम्भावना छ ।

महाशाखाका अनुसार मधेश प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशका तराई र पहाड भूभाग तथा बाँकी प्रदेशका पहाड भूभागका केही स्थान साथै बाँकी तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाकाे सम्भावना छ।

कोशी प्रदेश र बागमती प्रदेशका पहाड भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति कोशी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाड भेगमा साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली रहनेछ ।

मधेश प्रदेशलगायत कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड तथा तराई भूभाग र बाँकी प्रदेशका पहाड भूभागका थोरै स्थान तथा तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । राति पनि काेशी प्रदेशका केही स्थानमा भारी वर्षाकाे सम्भावना छ ।

 

प्रकाशित मिति: आइतबार, ०१ भदौ, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.