काठमाडौं । रुपन्देही कारागारमा रहेका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको ललितपुरको नख्खु कारागार सुरुवा भएको छ ।
१२६ दिन रुपन्देही कारागारमा बिताएका उनकाे कृष्णा जन्माष्टमी कै दिन शनिबार नख्खु कारागारमा सरुवा भएकाे हाे । नख्खु कारागार सरुवा हुँदा रुपन्देही कारागारकाे काेठामा भने उनले ‘अब कृष्ण जन्मिने छैन । जन्मेकाहरूले नै कृष्ण बन्नु पर्नेछ’ लेखेका छन् ।
आफू बसेको भित्तामा लेखेर आएको जानकारी पार्टीका उपसभापति स्वर्णिम वाग्ले र प्रवक्ता मनिष झालाई बताएका हुन् । जसबारे प्रवक्ता झाले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् ।
वाग्ले र झा कारागारमै भेट्नका लागि पुगेको भएन पाएनन् , विमानस्थलको यात्रु प्रतिक्षालयमा केहीबेर भेट भएको प्रवक्ता झाले बताएका छन् ।
‘म बसेको कारागारको कोठाको भित्तामा मैले लेखेर आएको छु,’ लामिछानेको भनाइ उद्धृत गर्दै झाले भने, ‘अब कृष्ण जन्मिने छैन । जन्मेकाहरूले नै कृष्ण बन्नुपर्नेछ ।’
रविले राजनीतिक प्रतिशोधको मंगलग्रह नै लागे पनि आफू नडराउने बताएको पनि झाले उल्लेख गरेका छन् । ‘राजनीतिक प्रतिशोधले यिनीहरूले मंगलग्रह लगे पनि डराउँदिन, यो त मेरो देश हो, मेरो भूमि हो,’ झाले रविको भनाइ उद्धृत गर्दै लेखेका छन्,‘जसरी सक्छन् जता सक्छन् लग्न देऊ । केही फरक पर्दैन ।’
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)