नेपालको लगातार दोस्रो हार

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । बंगलादेश ‘ए’ सँग ३२ रनले पराजित भएको हो ।

जितका लागि १८७ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १५४ रन मात्र बनायो । नेपालका लागि कुशल मल्लले अविजित अर्धशतक बनाएपनि पर्याप्त भएन ।

मल्लले ४७ बलमा अविजित ५९ रन बनाए । बंगलादेशका रकिबुल हसनले ३ विकेट लिए । सेफ हसन, रिपोन मन्डल र मृत्युन्जय चौधरीले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले २० ओभरमा ६ विकेट गुमाएर १८६ रन बनाएको थियो । बंगलादेशका लागि ओपनर जिशाद आलमले सर्वाधिक ७१ रन बनाए । त्यस्तै अफिफ होसेनले अविजित ४८ रन बनाए ।

नेपालका लागि रिजन ढकालले‍ २ विकेट लिँदा नन्दन यादव, करण केसी र सन्दीप लामिछानेले १–१ विकेट लिए ।

नेपाल पहिलो खेलमा शुक्रबार एनटी स्ट्राइकसँग पराजित भएको थियो । नेपालले अब मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग खेल्नेछ ।

प्रकाशित मिति: शनिबार, ३२ साउन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.