पेस भएकाे ५३ दिनपछि इटहरीकाे बजेट पारित

Satya Sanchar सत्य सञ्चार

विराटनगर । इटहरी उपमहानगरपालिकाले चालु आर्थिक वर्षको बजेट पारित गरेको छ । १ महिना बजेट शून्यताको अवस्थापछि शनिबार बसेको १६औं नगरसभाको बैठकले बजेट पारित गरेको हो ।

संविधानत: १० असारमा बजेट पेश गरेर असार मसान्तसम्म पारित गर्नुपर्छ । तर इटहरीमा विनियोजनको अनुसूची बिना बजेट पेश भएपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिले असन्तुष्टि जनाएका कारण बजेट पारित भएकाे थिएन ।

इटहरीमा एमालेको बहुमत छ, बहुमत सदस्यको विरोधपछि मेयर हेमकर्ण पौडेल विनियोजन शीर्षकको अनुसूची ल्याउन तयार भएपछि नगरसभामा पेस भएको ५३ औं दिनमा शनिबार बजेट पारित भएको हो ।

इटहरी उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष उमेश सुवेदीका अनुसार शुक्रबार विनियोजनसहितको अनुसुची नगरसभामा पेश भएको थियो । शनिबार सामान्य संशोधनसहित बजेट पारित भएको उनले बताए ।

‘पहिले अनुसूची बक्समा(एकमुष्ट) राखेर ल्याउन खोजिएको थियो, अनुसूची पेश नभएका कारण बजेट रोकिएको थियो,’ उनले भने,‘ अहिल शीर्षक तोकेर विनियोजनको अनुसूची बनाएपछि बजेट पारित भयो ।’

एमोलबाट निर्वाचित जनप्रतिनिधिले उपप्रमुख संगीताकुमारी चौधरीले बजेटको अनुसूची बनाउन पाउनुपर्ने सर्त राखेका थिए । यो सर्त मान्न मेयर हेमकर्ण पौडेल तयार भएपछि बजेट निर्माणको गाठो फुकेको थियो । यो सहमति जुटाउनका लागि पटक–पटक दुवै पक्षको छलफल भएको थियो ।

आर्थिक वर्ष २०८२–८३ का लागि २ अर्ब ५५ करोड २१ लाख रुपैयाँको बजेट प्रस्तुत भएको थियो । बजेट पारित गर्दाको मिति भने १० असार नै राखिएको छ । नगरसभा स्थगीत भएका कारण ब्यानरमा पुरानै मिति राखिएको हो ।

इटहरीको बजेटमा चालु खर्चतर्फ १ अर्ब ४ करोड ११ लाख १० हजार, वित्तिय व्यवस्थापन तर्फ ९० र पूजीगत तर्फ १ अर्ब ५० करोड १९ लाख ९० हजार बिनियोजन भएको थियो । चालु आर्थिक वर्ष स्थानीय जनताको माग बमोजिम भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखिएको उपप्रमुख संगीताकुमारी चौधरीले जानकारी दिएकी छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बजेट ल्याउन र पारित गर्न नसेका स्थानीय तहहरुमा सहजीकरणका लागि टोली खटाएको थियो । इटहरीमा बजेट सहजीकरणका लागि आइतबार टोली आउने तयारी थियो । तर टोली आउनु भन्दा एक दिनअघि नै सहमतिका आधारमा बजेट पारित गरेको वडाध्यक्ष सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, ३२ साउन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.