पेस भएकाे ५३ दिनपछि इटहरीकाे बजेट पारित

Satya Sanchar सत्य सञ्चार

विराटनगर । इटहरी उपमहानगरपालिकाले चालु आर्थिक वर्षको बजेट पारित गरेको छ । १ महिना बजेट शून्यताको अवस्थापछि शनिबार बसेको १६औं नगरसभाको बैठकले बजेट पारित गरेको हो ।

संविधानत: १० असारमा बजेट पेश गरेर असार मसान्तसम्म पारित गर्नुपर्छ । तर इटहरीमा विनियोजनको अनुसूची बिना बजेट पेश भएपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिले असन्तुष्टि जनाएका कारण बजेट पारित भएकाे थिएन ।

इटहरीमा एमालेको बहुमत छ, बहुमत सदस्यको विरोधपछि मेयर हेमकर्ण पौडेल विनियोजन शीर्षकको अनुसूची ल्याउन तयार भएपछि नगरसभामा पेस भएको ५३ औं दिनमा शनिबार बजेट पारित भएको हो ।

इटहरी उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष उमेश सुवेदीका अनुसार शुक्रबार विनियोजनसहितको अनुसुची नगरसभामा पेश भएको थियो । शनिबार सामान्य संशोधनसहित बजेट पारित भएको उनले बताए ।

‘पहिले अनुसूची बक्समा(एकमुष्ट) राखेर ल्याउन खोजिएको थियो, अनुसूची पेश नभएका कारण बजेट रोकिएको थियो,’ उनले भने,‘ अहिल शीर्षक तोकेर विनियोजनको अनुसूची बनाएपछि बजेट पारित भयो ।’

एमोलबाट निर्वाचित जनप्रतिनिधिले उपप्रमुख संगीताकुमारी चौधरीले बजेटको अनुसूची बनाउन पाउनुपर्ने सर्त राखेका थिए । यो सर्त मान्न मेयर हेमकर्ण पौडेल तयार भएपछि बजेट निर्माणको गाठो फुकेको थियो । यो सहमति जुटाउनका लागि पटक–पटक दुवै पक्षको छलफल भएको थियो ।

आर्थिक वर्ष २०८२–८३ का लागि २ अर्ब ५५ करोड २१ लाख रुपैयाँको बजेट प्रस्तुत भएको थियो । बजेट पारित गर्दाको मिति भने १० असार नै राखिएको छ । नगरसभा स्थगीत भएका कारण ब्यानरमा पुरानै मिति राखिएको हो ।

इटहरीको बजेटमा चालु खर्चतर्फ १ अर्ब ४ करोड ११ लाख १० हजार, वित्तिय व्यवस्थापन तर्फ ९० र पूजीगत तर्फ १ अर्ब ५० करोड १९ लाख ९० हजार बिनियोजन भएको थियो । चालु आर्थिक वर्ष स्थानीय जनताको माग बमोजिम भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखिएको उपप्रमुख संगीताकुमारी चौधरीले जानकारी दिएकी छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बजेट ल्याउन र पारित गर्न नसेका स्थानीय तहहरुमा सहजीकरणका लागि टोली खटाएको थियो । इटहरीमा बजेट सहजीकरणका लागि आइतबार टोली आउने तयारी थियो । तर टोली आउनु भन्दा एक दिनअघि नै सहमतिका आधारमा बजेट पारित गरेको वडाध्यक्ष सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, ३२ साउन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.