काठमाडौं । मोरङ क्षेत्र नम्बर ५ का स्वतन्त्र सांसद तथा जीवन विकास लघुवित्त वित्तीय संस्थाका संस्थापक योगेन्द्र मण्डललाई “शंकरमान श्रेष्ठ लघुवित्त पुरस्कार” प्रदान गरिएको छ ।
स्वावलम्बन विकास केन्द्रको ३४औं वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित समारोहमा जीवन विकासका संस्थापक मण्डललाई २ लाख राशीकाे शंकरमान श्रेष्ठ लघुवित्त पुरस्कार प्रदान गरिएको हाे । याे पुरस्कार हरेक २ वर्षमा प्रदान गरिदै आएको छ ।
मण्डललाई सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पुरस्कार हस्तान्तरण गरे ।
लघुवित्त क्षेत्रको विकास तथा सदस्यहरूको सामाजिक र आर्थिक रूपान्तरणमा उत्कृष्ट योगदान पुऱ्याए बापत आर्थिक वर्ष २०८०/८१ का लागि मण्डललाई यो प्रतिष्ठित पुरस्कारबाट सम्मानित गरिएको हो ।
मण्डलकाे अग्रसरतामा स्थापना भएको जीवन विकास लघुवित्तमार्फत् हजारौं विपन्न परिवारको आर्थिक तथा सामाजिक सशक्तीकरणमा पुर्याएकाे योगदानको कदर गर्दै पुरस्कृत गरिएको केन्द्रले जनाएको छ ।
कार्यक्रममा बोल्दै मन्त्री गुरुङले लघुवित्तले देशको ग्रामीण अर्थतन्त्र बलियो बनेको बताए ।
सोही कार्यक्रममा जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, कटहरीलाई पनि “वातावरण मैत्री स्वावलम्बन गाउँ” को प्रवर्द्धन तथा विकासमा उल्लेखनीय योगदान पुर्याए बापत प्रशंसापत्र प्रदान गरिएको थियो । प्रशंसापत्र जीवन विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले ग्रहण गरे । उनलाई मन्त्री गुरुङले प्रशंसा पत्र प्रदान गरे ।

कार्यक्रममा ग्रामीण महिला उत्थान केन्द्र,दाङलाई थ्री जिराे गठन विस्तार र प्रवर्द्धन गरे बापत उत्कृष्ट सहयोगी संस्था र छिमेक लघुवित्त वित्तीय संस्थाका प्रबन्धक प्रकाश राजवंशीलाई थ्री जिराे क्लब गठनमा सहयोग गरे बापत प्रशंसापत्र प्रदान गरिएको थियो ।
साेही अवसरमा नवलपरासीकी विमला थारु, सलयानकी आशा बुढामगर,सर्लाहीकी जमुना घिमिरेलाई उत्कृष्ट लघुउद्यमी सदस्य पुरस्कार प्रदान गरिएको थियाे ।
छिमेक लघुवित्त वित्तीय संस्थालाई संस्थागत उद्यमशीलता विकास पुरस्कार प्रदान गरिएको थियोे ।

सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)