काठमाडौं । मनसुनको न्यून चापीय रेखा तराई आसपास रहेकाले आगामी २४ घण्टा मनसुन सक्रिय रहने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार आज दिउँसो देशभर पूर्णतया बदली हुनेछ ।
देशका अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना रहेको तथा मधेस प्रदेशलगायत कोशी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा र एक–दुई स्थानमा मुसलधारे वर्षाको पनि सम्भावना छ ।
कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा पूर्णतया बदली रही बाँकी भागमा साधारणतया बदली रहनेछ । गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका केही स्थानमा अत्यधिक वर्षा हुने सम्भावना छ । लुम्बिनी प्रदेशका तराईका केही स्थान, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
गएराति कोशी प्रदेशमा मध्यमदेखि ठूलो वर्षा भएको थियाे । झापा र उदयपुरसहितका केही ठाउँमा ठूलो पानी परेको हो ।
पछिल्लो ६ घण्टामा झापामा ८० दशमलव ४ मिलिमिटर, उदयपुरमा पनि ६६ दशमलव ८ मिलिमिटर पानी परेको छ । त्यसैगरी लुम्बिनी प्रदेशको बाँके, सुदूरपश्चिम प्रदेशको डोटीमा पनि ठूलो पानी परेको छ ।
त्यस्तै इलाम, संखुवासभा, ताप्लेजुङ, पाँचथर, नुवाकोट, दाङ, रुकुमपश्चिम, सुर्खेत र बझाङमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ ।
पानीको सतह बढ्दै जाँदा सुनसरीको सार्दु खोला र इलामको माई खोला सतर्कता तह पार गरिसकेका छन् ।
झापाको अनारमनी बिर्तामा ठूलो वर्षा भएपछि स–साना खोलामा बहाव बढेको छ । नदी किनार, डुबान हुने क्षेत्र र पहिरो जान सक्ने सम्भावित ठाउँमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)