क्रिकेटर ललित राजवंशीको घर सांसद अर्यालले बनाइ दिने

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित राजवंशीको जीर्ण अवस्थामा रहेको घर प्रदेश सांसद अमृत अर्यालले बनाइदिने घोषणा गरेका छन् ।

कोशी प्रदेशका सांसद अर्यालले राजवंशीको विराटनगर महानगरपालिका–१४ स्थित फुस्को घर निर्माण गरिदिने घोषणा गरेका हुन् ।

मातृशोकमा परेका क्रिकेटर राजवंशीलाई समवेदना दिन सोमबार उनको निवास पुगेका सांसद अर्यालले जीर्ण घरको अवस्था देखेर बनाइदिने घोषणा गरेको बताए ।
उनले प्रदेश सरकारको जनता आवास कार्यक्रम अन्तर्गत राजवंशीको घर निर्माण गरिने बताए । यो घोषणालाई क्रिकेटर राजवंशीले स्वीकार गरेका थिए ।

सांसद अर्यालका अनुसार, कोशी प्रदेशमा प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा निर्वाचन क्षेत्रमा ६ अति विपन्न परिवारका लागि घर निर्माण मिल्छ । सोही कार्यक्रमअन्तर्गत एउटा घर क्रिकेटर राजवंशीको सम्मानमा निर्माण गर्न लागिएको हो ।

‘उहाँको घर फुस्को र जीर्ण छ, उहाँको सम्मानमा घर बनाउन लागिएको हो,’ सांसद अर्यालले भने ।

जनता आवास कार्यक्रमअन्तर्गत निर्माण हुने घर करिब चारदेखि पाँच लाख रुपैयाँको लागतमा बन्नेछ । जसमा दुईवटा कोठा, एउटा बरन्डा र शौचालय रहनेछ ।

पूर्वाधार विकास कार्यालयमार्फत निर्माण हुने यो घर यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने तयारी रहेको सांसद अर्यालले जानकारी दिए ।

 

प्रकाशित मिति: सोमबार, २७ साउन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.