विराटनगर । जीवन विकास समुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउण्डेशनका संयोजक तेजस्वी मण्डलको जन्मदिनमा अस्पतालले निशुल्क स्वास्थ्य शिविर आयाेजना गरेको छ ।
संयोजक मण्डलको जन्मदिन पारेर सोमबार विराटनगर महानगरपालिका– १३ मा रहेको पूर्वाञ्चल बाल आश्रममा स्वास्थ्य शिविर आयोजना गरेको हो ।
आश्रममा रहेका ४७ जना बालबालिका तथा ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच फिजिसियन डाक्टर राकेशकुमार मण्डल, बालरोग विशेषज्ञ डाक्टर सुमित घिमिरेले गरेका थिए ।
स्वास्थ्य शिविरमा अस्पतालका अध्यक्ष तथा मोरङ क्षेत्र नम्बर ५ का संघीय सांसद योगेन्द्र मण्डलसहित चिकित्सकलगायत सहभागी थिए ।
मोरङको कटहरी गाउँपालिका–२ हल्दीबारीमा रहेकाे जीवन विकास सामुदायिक अस्पतालले सुलभदरमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएकाे छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)