बुटवल । राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिले रुपन्देही कारागारको अनुगमन गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई राखिएको कारागारको सोमबार आयोगले अनुगमन गरेको हो ।
अनुगमनका क्रममा लामिछानेलाई बन्द कोठामा राखेको पाइएको थियो । वातानुकूलित नरहेको र झ्याल प्लाई उडले टालेर बन्द गरिएको आयोगले जनाएको छ । रविलाई न्यूनतम सुविधा पनि नदिएको समाचार सार्वजनिक भएपछि वातानुकूलित कोठा रहेको एउटा पक्षको दाबी थियो । सोमबार आयोग पुग्दा बन्द कोठामा राखिएको देखिएको थियो ।
राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता लिली थापाले क्षमताभन्दा अत्यधिक संख्यामा कैदी बन्दी राखिएको,कारागारभित्र पर्याप्त शौचालय नरहेको र भएका शौचालयको अवस्था पनि राम्रो नभएको बताइन् । रविलाई राखिएको ब्लकभित्र झ्याल टालिएकाले राम्ररी हावा पास हुने अवस्था नदेखिएको उनले बताइन् । कोठामा दुई ओटा पंखा रहेको उनले जानकारी दिइन् ।
जेल प्रशासनले सुरक्षाका लागि झ्याल टालिएको बताएको थापाले बताइन् । आफूहरू झ्याल खोल्न भनेपछि कारागार प्रशासन खोल्न तयार भएको थापाले बताइन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)