सुनसरी दुर्घटना : घाइते र मृतककाे पहिचान खुल्याे

Satya Sanchar सत्य सञ्चार

विराटनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीमा बस र माइक्रो ठोक्किएर भएको दुर्घटना मृत्यु हुनेको संख्या चार पुगेको छ । २३ जना घाइते भएका छन् ।

सुनसरीको भोक्राहा-नसिंह गाउँपालिका–३ जलुवा टोलमा झापाको काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे१ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको विङ्गर माइक्रो झमबार बिहान ठोक्किएको थियो ।

दुर्घटनामा घाइते भएका २७ जनामध्ये चार जनाको उपचारको क्रममा मृत्यु भएको हो । मृतक तीन जनाको पहिचान भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार दुर्घटनामा सप्तरी मधावे गाउँपालिका– ६ बस्ने अन्दाजी ३५ वर्षीय शंकर मण्डल र सुनसरीको कोशी गाउँपालिका– ६ का ७० वर्षीय लक्ष्मण सदाको मृत्यु भएको हो । अर्का मृतक विराटनगरका अशोक यादवको भएको खुलेको छ । मृतक महिलाको भने पहिचान खुलेको छैन ।

घाइतेको विवरण

१, मोरङ सुन्दरहरैँचा नगरपालिका– ९ का अम्बिका राई ।

२, खोटाङ रावावेसि गापा– २ बस्ने निरुता परियार ।

३ खोटाङ रावावेसि गापा– २ का ३८ वर्षीय निर्मल परियार ।

४,सप्तरी मन्धेव गापा– ६ बस्ने रबिन्द्र प्रसाद मण्डल ।

५,उदयपुर चौदण्डिगढी नगरपालिका– ५ का ५० वर्षीया रेनुका श्रेष्ठ ।

६ झापा शिबसताक्षी नगरपालिका– ५ का ३८ वर्षीय खगेन्द्र थापा

७,भद्रपुर नगरपालिका– ९ का ५३ वर्षीयको सन्तोष खत्री ।

८, उदयपुर बेलस्रोत नपा– १ का २० वर्षीय दिपक बिक ।

९, ईलाम चुलाचुली गापा– ३ का ३६ वर्षीय सविन राई ।

१० सप्तरीका रविन्द्र मेहता ।

११, सप्तरीका ६८ वर्षीय जिवछ महात्मा ।

१२, खोटाङ हलेसी तुवाचुङ नपा १० का ८४ वषीय नेत्रलाल गिरी ।

१३ नेत्रलाल गिरीको छोरा ३९ वर्षीय केदार गिरी

१४,झापा अर्जुनधारा नपा १ साजनटारका सत्य राई ।

१५, सप्तरी राजविराज– ६ का प्रकाशकुमार रायको छोरा १० वर्षीय रुद्र राय

१६, मोरङ विराटनगर– १० का ४८ वर्षीया सोभा यादव ।

१७, सप्तरी राजविराज– १२ का ४४ वषीृय प्रमोद रजक ।

१८, सप्तरीकै तिलाठी– ५ का २२ वर्षीय रवि राय ।

१९, सप्तरी राजविराज– २ का २४ वर्षीय भोला यादव

२०,सप्तरी राजबिराजका ३५ वर्षीय प्रदिप यादव ।

२१, सुनसरी कोशी गाउँपालिका–– ०६ श्रिपुर बस्ने ६० वर्षीय जोगिन्द्र दास

२२, सप्तरी डाक्नेश्वरी– ३ का ३० वर्षीया अमृता राय

२३, सप्तरी राजविराज– ४ का २१ वर्षीय सन्तोष बास्तोला ।

प्रकाशित मिति: सोमबार, २७ साउन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.