सुनसरीमा बस र माइक्रो ठोक्कियो, चार जनाको मृत्यु

Satya Sanchar सत्य सञ्चार

विराटनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरी खण्डमा बस र विङ्गर माइक्रो ठोक्किएर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

भोक्राहा–नरसिंह गाउँपालिका–३ जलुवा टोलमा झापाको काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको विङ्गर माइक्रो एकआपसमा ठोक्किएर सोमबार दुर्घटना भएको हो ।

दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको कोशी प्रदेशका निमित्त ट्राफिक प्रहरी प्रमुख डीएसपी सन्तोष श्रेष्ठले बताए ।

दुर्घटनामा १६ जना घाइते भएका छन् । विराटनगर र सुनसरीका विभिन्न अस्पतालमा उपचाररत घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेको श्रेष्ठले बताए । बसका चालक झापाको अर्जुनधारा नगरपालिका–१ का ३६ वर्षीय गोपाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विङ्गर चालक घाइते छन् ।

प्रकाशित मिति: सोमबार, २७ साउन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.