झापा । झापाको हल्दिबारी गाउँपालिकामा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ ।
सङ्खुवासभा चैनपुर नगरपालिका–२ घर भई हाल हल्दिबारी–४ ऐनाबारीमा बस्दै आएका ३१ वर्षीय रामकुमार अधिकारीको खोल्सामा करेन्ट लगाएर माछा मार्ने क्रममा आइतबार मृत्यु भएको हाे ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले हल्दिबारी–४ स्थित मैनाली हाते कागज खरिद–बिक्री केन्द्रमा काम गर्दै आएका अधिकारी करेन्ट लगाएर माछा मार्दै थिए । साेही क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको उनले बताए ।
यसैगरी मेचीनगर नगरपालिका–७ स्थित पालिया खोलामा एक महिलाको शव फेला परेको छ ।
आइतबार बिहान खोलामा घोप्टो परेको अवस्थामा करिब ५०–५५ वर्षीया महिलाको शव फेला परेको हाे । हालसम्म मृतकको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)