पाँच प्रदेशमा भारी वर्षाकाे सम्भावना

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । जसको प्रभावले सोमबार बिहान सातै प्रदेशका विभिन्न भूभागहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

पछिल्लो एक घन्टामा सर्लाहीको मलंगवामा २५ मिलिमिटर वर्षा मापन भएको छ । बर्दियाको मानपुरमा २५‍ मिलिमिटर वर्षा भएको छ ।

पछिल्लो तीन घन्टामा बाराको नीजगढमा ७० मिलिमिटर वर्षा भएको छ । सर्लाहीको मानुसमरामा ५२‍.६ मिलिमिटर, बर्दियाको मानपुरमा ६८.८ मिलिमिटर, सर्लाहीको मलंगवामा ३४.२ मिलिमिटर वर्षा भएको छ। अरू विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

सोमबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । दिउँसो देशका पहाडी भू–भागका धेरै स्थानहरूमा र मधेश प्रदेश लगायत देशका बाँकी तराई भू–भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशको पहाडी भू–भाग र लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईको भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति पनि देशभर साधारणतया बदली रहनेछ । राति मधेश प्रदेश, कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागकाका धेरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी र तराई भू–भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै कोशी प्रदेशको पहाडी भू–भाग तथा मधेश प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईको भू–भागको एक–दुई स्थानमा राति पनि भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, २७ साउन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.