हुलाकी सडक : कटहरी खण्डकाे काम सुरु नगरे अनशन बस्ने भीम पराजुलीकाे घाेषणा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । हुलाकी सडकको कटहरीकाे रामचोक– हाटखोला खण्ड निर्माण तत्काल अघि नबढाए आमरण अनशन बस्ने नेपाली कांग्रेस कोशी प्रदेश सांसद भीम पराजुलीले  घोषणा गरेका छन् ।

राष्ट्रिय गाैरबकाे आयाेजना हुलाकी सडकको ६ किलोमिटर सडक निर्माण सुरु भएको ६ वर्षसम्म बनेको छैन । तत्काल कामअघि बढाउन माग गर्दै  पराजुलीले काम सुरु नभए प्रदेशसभा अगाडि आमरण अनशन बस्ने घोषणा गरेका हुन् ।

आइतबार कोशी प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै उनले सरकार भन्दा ठेकेदार शक्तिशाली भएको गुनासो गरे ।

‘सरकार भन्दा बलिया ठेकेदार हुन कि के कति कारणले बाटो बनिरहेको छैन,’उनले भने,‘ यदि बाटो ठेकेदारले बनाएर भने ठेकेदारलाई कालो सूचीमा लिएर गएर नयाँ प्रक्रियाबाट जानु पर्छ भन्दा भएको छैन । किन भइरहेको छैन  ?’

सडक निर्माणका लागि प्रदेश सरकारलाई अग्रसरता लिन आग्रह गरे । ‘ संघको काम भनेर प्रदेश पन्छिन मिल्दैन,प्रदेश सरकारले पनि सरकारजस्तो बलियो खुटटा बनाएर अगाडि आउनुपर्छ,’ उनले भने,‘ द्रुत गतिमा यो बाटो बन्नुपर्छ, बनेन भने हामीले हिजो रिले अनसन गर्यो, म प्रदेशसभा अगाडि आमरण अनशन बस्ने जानकारी गराउँछु ।’

राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गको मोरङ खण्डमा ४४ किलोमिटर पर्छ । त्यसमध्ये हाटखोलादेखि रामचोकसम्म ६ किलोमिटर काम अतिसुस्त गतिमा छ । अन्य क्षेत्रको काम लगभग पूरा भएको छ ।

हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय इटहरीका अनुसार हुलाकी सडकको यो खण्ड श्रेष्ठ कन्ट्रक्सन कम्पनी प्राली काठमाडौंले २०७६ सालमा ७७ करोड रुपैयाँमा ठेक्का लागेको थियो । यो सडकको काम असारसम्म जम्मा २२ प्रतिशत मात्रै प्रगति छ । दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको सडकको पटकपटक म्याद थप भएको छ ।

प्रकाशित मिति: आइतबार, २६ साउन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.