मुख्यमन्त्रीले भेटे प्रधानमन्त्री : देउवासँग पनि छलफल

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् ।  आइतबार बिहान उनले प्रधानमन्त्री ओलीसँग भेटघाट गरेका हुन् । केही दिनअघि उनले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका थिए ।

दुई शीर्ष नेतासँगको भेटमा प्रदेशका मन्त्री फेरबदलका विषयमा छलफल भएको थियो । यद्धपि मुख्यमन्त्री कार्कीले समग्र परिस्थीतिको विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएको बताएका छन् । ‘ राजनीतिक विषयमा गफगाफ भयो,’ उनले भने ,‘सरकारका कामकाजका बारेमा रिपोर्टिङ पनि ।’

देउवासँगको भेटको विषयमा उनले भने,‘ पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पनि प्रदेशको समग्र परिस्थीतिका विषयमा जानकारी गराए ।’

मन्त्रीमण्डल फेरबदलकाे विषयमा केपी ओलीले सल्लाह गरेर भनौंला भनेका छन् । देउवाले त्यहीँ  जवाफ दिएका थिए ।

मुख्यमन्त्रीले भेटघाटका  सबै विषय प्रष्ट रुपमा बताउन चाहेनन् । तर दुवै भेटमा प्रदेशको मन्त्रीमण्डल परिवर्तनको विषयमा छलफल भएको  स्रोत बताउँछ । ‘कोलिसन पाटनरसँग कुरा नभइ त्यस्तो कुरा टुंगिदैन,’ उनी निकट स्रोतले भन्यो,‘ प्रधानमन्त्री र कांग्रेस सभापति देउवासँग कुरा भयो, माथिबाट कुरा नआइकन मन्त्री फेरिदैनन ।’

‘यहाँको स्थीति रिपोर्र्टीङ भएकाे छ. अब उहाँहरुले सल्लाह गरेर भन्नु हुन्छ,’ स्रोतले भन्यो,‘  हेरौं केही दिन ।’

मुख्यमन्त्री निकट स्राेतका अनुसार बागमती प्रदेशमा देखिएकाे विवादका कारण शेरबहादुर देउवाले काेशीमा केही समय राेक्न लगाएका छन् ।
कार्की नेतृत्वको सरकारमा पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डल क्युआर कोड पठाएर घुस मागेको आरोपमा विवादित छन् । क्याबिनेटका अन्य सदस्यसँग मुख्यमन्त्री कार्कीको सम्बन्ध सुमधुर छैन । सरकार र मन्त्रीको आचारणलाई लिएर सार्वजनिक रुपमा आलोचना भएपनि मुख्यमन्त्रीले मुख खोलेका छैनन । मन्त्रीपरिषद् सदस्य घुस विवादमा मुछिदा नेकपा माओवादी केन्द्रसहित प्रतिपक्षी दलहरुले पटक पटक मुख्यमन्त्रीको जवाफ मागेपनि उनी बोलेनन् ।

मुखले भन्दापनि कामले जवाफ दिनका लागि मुख्यमन्त्री नबोलेको उनी निकट नेताहरु बताउँछन् । ‘ एक वर्ष  पुरा भएका मन्त्री दुवै दलबाट फिर्ता हुन्छन्, हाम्राेमा केही समस्या छैन,समस्या कांग्रेसमा हाे,’ एमाले संसदीय दल स्राेत भन्छ,’ माथिबाट सिग्नल आउने वितिकै मन्त्रीपरिषद् पुनरगठन हुन्छ ।

प्रकाशित मिति: आइतबार, २६ साउन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.