बानियाँले मंगलबार विश्वासको मत लिने, मतदान गर्न कांग्रेस एमालेकाे ह्वीप

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मंगलबार विश्वासको मत लिने भएका छन् । साउन २० गते उनी मुख्यमन्त्री नियुक्त भएका थिए ।

बानियाँलाई मतदान गर्न कांग्रेस र सत्ता साझेदार दल नेकपा एमालेले आफ्ना सांसदलाई ह्वीप लगाएको छ ।नेकपा एमाले बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित भएर पक्षमा मत दिन ह्वीप लगाएको हो ।

नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिने प्रयोजनका लागि मंगलबार प्रदेश सभा बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ ।

मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन कांग्रेसले यसअघि नै ह्वीप जारी गरिसकेको थियो ।

प्रकाशित मिति: आइतबार, २६ साउन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.