विराटनगर । काेशी प्रदेशसभा बैठकमा सांसहरुले आफ्नाे अभिव्यक्तीकाे माध्यम गीत बनाएका छन् । प्रदेशसभा बैठकमा आफ्नाे कुरा राख्नका लागि सांसदहरुले गीतलाई माध्यम बनाएका हुन् ।
साउनमै ३ जना सांसदले गीत मार्फत आफ्नाे अभिव्यक्ति राखेका छन् ।
शुक्रबारकाे प्रदेशसभा बैठकमा नेकपा एकीकृत समाजवादी पार्टीकी प्रमुख सचेतक विद्या चाम्लिङ राईले बहुविवाह सम्बन्धि संशोधन गर्न संघीय सरकारले गरेको तयारीप्रति आक्राेश व्यक्त गर्दा गीत गाइन् । पुरुषलाई ‘कान्छी उपहार’ दिनेगरी कानुन संशोधन गर्न खोजेको विराेधमा उनले संघीय सरकारका बहुलाउन आटेकाे भन्दै गीत मार्फत प्रश्न गरिन ।
आफ्नाे सम्बाेधनकाे अन्त्यमा गाएकाे गीत थियाे :
सरकार किन बहुलाउन आटेकाे छ,
बहुविवाह विधेयक ल्याउनै खाेज्या छ
कस्ताे हाे याे जनताकाे सरकार ? ।
भ्रष्टलाई छपक्कै लुकाउने विकृतिलाई
विकृतिलाई विधेयक बनाइ देखाउने
कस्ताे हाे याे जनताकाे सरकार ? ।
गीत गाउनुअघि उनले भनेकी थिइन्,म कलाकार त हाेइन तर भित्रकाे पीडा पाेख्नका लागि यहाँ गीत गाउँछु ।’
संसदमा आफ्नाे भनाइ राख्दा गीतलाई माध्यम बनाउनेमा अगाडि छन् माअाेवादी केन्द्रका सांसद गाेम्बु शेर्पा अगाडी छन् । प्रदेशसभा बैठकमा गीत गएकै कारण उनी पटक पटक चर्चामा आइरहेका छन् ।
१३ साउनकाे प्रदेशसभा बैठकमा गाेम्बु शेर्पाले ,‘नालीमै मुख गाड्छौ किन हो सरकार,
घुसखोरी, भ्रष्टाचार गर्यौ अत्याचार, कता हिडेको बिजुली मारेर, कुलमान फालेर, भ्रष्ट पालेर, दलाल पालेर
तिमी भ्रष्ट बनेर, तिमी दलाल बनेर जनता अन्धकारमा, सरकार भ्रष्टाचारमा ।’ भन्दै गीत गाएका थिए ।
११ साउनमा विशेष समय लिएर बाेल्दा वन पर्यटन तथा वातावरण सदानन्द मण्डलले पनि नविन के भट्टराईले गाएकाे ‘खादै नखाएको विषले ज्युँदै मार्यौ बोलको गीत गाएका थिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)