विराटनगरबाट ब्राउनसुगरसहित २ भारतीय पक्राउ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । भारतबाट १४१ ग्राम लागुऔषध ब्राउनसुगर लिएर विराटनगर आएका दुई जना पक्राउ परेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले बिहीबार विराटनगर महानगरपालिका– १५ रानीको जानकी मन्दिर अगाडिबाट पक्राउ गरेको हो । यो स्थान भारतीय सीमा क्षेत्र नजिकै पर्छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य, अररिया जिल्ला, फारबिसगञ्ज थाना रामपुर पञ्चायत – २ का ३५ वर्षीय मो सिकंदर बाखत र सोही पञ्चायत– १० का ३५ वर्षीय सरफराज छन् । उनीहरु ब्राउनसुगर पुर्याउनका लागि विराटनगर आएका थिए ।

शंकास्पद अवस्थामा हिँडडुल गरिरहेको देखेपछि नियन्त्रणमा लिएर खानतलासी गर्दा मो सिकंदर बाखतको साथमा सेतो प्लास्टिकमा राखेको अवस्थामा ब्राउनसुगर बरामद भएको थियो । बरामद गरिएको ब्राउनसुगर प्लास्टिकसहित १५० ग्राम र प्लास्टिक बाहेक १४१ ग्राम रहेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक सोधपुछका क्रममा पक्राउ परेका दुवैले भारतबाट लागुऔषध ल्याई नेपालमा बिक्री वितरण गर्ने गरेको स्वीकारेका छन् ।

प्रकाशित मिति: शुक्रबार, २४ साउन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.