सुन्दरहरैँचामा बसको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका– ७ बेलगाछीमा बसको ठक्करबाट सिटी सफारीमा सवार एक जनाको मृत्यु भएको छ । चालक घाइते भएका छन् ।

बेलगाछी चोकस्थित पूर्व–पश्चिम लोकमार्गमा विराटचौकबाट गछियातर्फ जाँदै गरेको मे १ ख २७९६ नम्बरको सुर्योदय कम्पनीको यात्रुवाहक बसले बाटो क्रस गर्दै गरेको प्र १–०२–००४ ह ४२२४ नम्बरको केरा बोकेको सिटी सफारीलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका सिटी सफारीमा सवार सुनसरीको इटहरी उपमहानगरपालिका– ४ बस्ने वर्ष ६१ का तुलसीप्रसाद गुरागाईको नोबेल अस्पताल, विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा सिटी सफारीका चालक, सुनसरीको दुहबी नगरपालिका– ५ बस्ने वर्ष ४२ को बलबहादुर लिम्बु पनि गम्भीर घाइते भएका छन् । उनको पनि नोबेल अस्पतालमा उपचार भइरहेको छ ।
बसमा सवार अन्य यात्रुहरू भने सकुशल रहेका छन् । प्रहरीका अनुसार, बसको तीव्र गतिका कारण दुर्घटना भएको हो । दुर्घटनापछि प्रहरीले बस र चालक, सुन्दरहरैँचा– ७ बस्ने ४२ वर्षीय लेप्चन साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: शुक्रबार, २४ साउन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.