भाषा सम्बन्धि गैरसरकारी विधेयक अस्वीकृत, सरकारले छुट्टै पेश गर्ने

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेश सरकारले ह्वीप जारी गरेर प्रदेशसभाबाट भाषा सम्बन्धी गैरसरकारी विधेयक अस्वीकृत गरेको छ ।

बिहीबारको प्रदेशसभा बैठकमा प्रतिपक्षी दलले दर्ता गरेको ‘कोशी प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ पेश भएको थियो । विपक्षीले पेश गरेको यो विधेयक सत्तापक्षकाे बहुमतका आधारमा अस्वीकृत भएकाे हाे ।

प्रदेश सरकार आफैले भाषा सम्बन्धि अर्काे विधेयक संसदमा पेश गर्दैछ ।

भाषा आयोगको कोशी प्रदेशमा लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउन सिफारिस गरेको थियो । साेही सिफारिस अनुसार गत फागुन २८ गते प्रतिपक्षी दलले लिम्बू र मैथिली भाषालाई कामकाजको भाषा बनाउने गरी ‘कोशी प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ दर्ता गरेका थिए । बिहीबार नेकपा माओवादी केन्द्रका सांसद गोम्बु शेर्पा विधेयक’ पेश गरे । विधेयकमाथि एकीकृत समाजवादी सांसद खिनु लङ्वा लिम्बूले धारणा राखिन् । सभामुखले निर्णायार्थ पेश गर्दा बहुमतले विधेयक अस्वीकृत भयो ।

प्रदेशसभाबाट विधेयकको विपक्ष उभिन सत्ता पक्षले सांसदहरुलाई ह्वीप नै जारी गरेको थियो । नेपाली कांग्रेस प्रमुख सचेतक गोपाल तामाङका अनुसार सरकारले पनि विधेयक ल्याउने भएका कारण यो विधेयकलाई अस्वीकृत गर्नका लागि ह्वीप जारी भएको हो ।

गत शुक्रबार प्रदेश मन्त्रीपरिषद् बैठकले ‘कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२’ लाई प्रदेश सभामा पेश गर्न स्वीकृति दिएको थियो । सरकारी विधेयक पास गर्ने तयारी गरेको सत्ता पक्षले यो भाषा सम्बन्धि ऐन कात्तिक २५ गते फाल्गुनन्द जयन्तीको अवसर पारेर लागु गर्ने बताएको छ ।

प्रकाशित मिति: बिहिबार, २३ साउन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.