काठमाडौं । मुलुकका ६ प्रदेशका २९ जिल्लामा गाईभैंसीमा लाग्ने ‘लम्पी स्किन’ रोग संक्रमण फैलिएको छ ।
लम्पी स्किनबाट देशभरि ८ सय ४६ पशुचौपाया मरिसकेको पशुसेवा विभागले जानकारी दिएको छ । २७ हजार ४ सय २५ पशुचौपाया यस रोगबाट संक्रमित भएका छन् । विभागका अनुसार लम्पी स्किन कोशी, बागमती, लुम्बिनी, मधेस, कर्णाली र गण्डकी प्रदेशमा फैलिएको छ । यो रोग सबैभन्दा बढी कोशी प्रदेशमा फैलिएको छ ।
६ असारदेखि २० साउनसम्म कोशीका ११ जिल्लामा फैलिएको संक्रमणबाट २२ हजार १ सय २२ पशु संक्रमित भएको र ६ सय ३७ पशु मरेको विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । लम्पी स्किन संक्रमण मधेसका ८ जिल्ला, बागमतीको ५ जिल्ला, लुम्बिनीका ३ जिल्ला, गण्डकी र कर्णालीको १/१ जिल्लामा फैलिएको छ । सुदूरपश्चिममा भने हालसम्म रोगको पुष्टि नभएको विभागले जनाएको छ ।
विवरण अनुसार मधेशमा ४ हजार ४ सय ९२ पशु संक्रमित भएका छन् भने १ सय ७९ पशु मरेको छ । बागमतीमा लम्पी स्किन रोगबाट ३० पशु मरेको छ भने ७ सय ९३ पशु संक्रमित छन् । यस्तै लुम्बिनीमा १६ र गण्डकीमा ७ पशु यस रोगबाट संक्रमित भएको विभागको विवरणमा उल्लेख छ । सुदूरपश्चिम प्रदेश बाहेक बाँकी ६ प्रदेशमा ५ लाख ६१ हजार ७ सय ५१ पशुलाई लम्पी स्किनविरुद्धको खोप लगाइएको विभागले जनाएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,668)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,284)