हुलाकी राजमार्ग : ६ वर्षसम्म नबनेपछि गाडी राेकेर धान रोपाइ

Satya Sanchar सत्य सञ्चार
सडक निर्माण नभएपछि स्थानीयले गरेकाे प्रदर्शन : फाइल तस्बीर

विराटनगर । निर्माण सुरु भएको ६ वर्षसम्म आधा पनि काम नभएपछि हुलाकी राजमार्गको मोरङको कटहरी खण्डमा स्थानीयले धान रोपेका छन् । बिहीबार कटहरी गाउँपालिका–३ का स्थानीयले सडकमा सवारी आवागमन रोकेर सडकको हिलोमा धानको बिउ फालेका हुन् । विरोधमा स्थानीयले करिब एक घण्टा चक्काजाम गरेका थिए ।

राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गको मोरङ खण्डमा ४४ किलोमिटर पर्छ । त्यस मध्ये हाटखोलादेखि राम चोकसम्म ६ किलोमिटर काम अति सुस्त गतिमा छ । अन्य क्षेत्रको काम लगभग पुरा भएको छ ।

२०७६ सालमा श्रेष्ठ कन्ट्रक्सन कम्पनी प्राली काठमाडौंले ठेक्का लिएको यो सडकको काम असारसम्म जम्मा २२ प्रतिशत मात्रै प्रगति छ । पानी पर्दा हिलोका कारण हिड्न नसकिने यो सडक घाम लाग्दा धुलोका कारण हिड्न नसकिने स्थानीय दिलिप शर्मा बताउँछन् ।

अलपत्र अवस्थामा रहेको हुलाकी सडकको काम अघि बढाउनका लागि मोरङका जनप्रतिनिधिले तीन वर्षअघिदेखि पहल गरेका थिए । एकसाता अघि मोरङ क्षेत्र नम्बर ४ का सांसद अमनलाल मोदीले पुन तत्काल काम अगाडि बढाउन माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए ।

हुलाकी सडकको ६ किलोमिटर खण्डको मुख्य ठेकेदार श्रेष्ठ कन्ट्रक्सन कम्पनी प्रालि भएपनि निर्माण क्षेत्रमा मुख्य ठेकेदार देखिएको छैन ।सुरुमा भुपाल श्रेष्ठले पेटी ठेकेदारको रुपमा काम गरेका थिए । श्रेष्ठ पनि भागेपछि पेटी ठेकेदारको रुपमा अभिषेक गिरी आएका छन् ।

६ वर्षको अवधिमा ठेकेदारले साइड ड्रेन निर्माणको काम पुरा गरेका छैनन । बिजुलीको पोल पनि सारिएको छैन । बर्खापछि बिजुलीको पल सारेर माटो फिलिङ गर्ने तयारी छ । हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलका अनुसार हुलाकी सडकको यो खण्डको ठेक्का २०७६ सालमा ७७ करोडमा ठेक्का लागेको थियो । दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको सडकको पटक पटक म्याद थप भएको छ । फेरि म्याद थप गर्ने तयारी छ ।

प्रकाशित मिति: बिहिबार, २३ साउन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.