माैसम : तीन प्रदेशमा भारी वर्षाकाे सम्भावना

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपालमा मनसुनी वायु सक्रिय रहँदा आज बिहानदेखि देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आज भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू–भागमा औसत स्थानभन्दा उत्तरतिर रहेको छ । हालको अवस्था अनुसार देशभर नै मनसुनको प्रभाव कायम रहे पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ । जसका कारण देशको अधिकांश पहाडी क्षेत्रमा सामान्य बदली भएको छ भने अन्य स्थानमा आंशिक बदली छ ।

कोशी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भू–भागमा दिउँसे सामान्यतया बदली रहने र अन्य भागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । कोशी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थान र अन्य प्रदेशका थोरै स्थानहरूमा मध्यम खालको वर्षा हुने सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा १–२ स्थानमा भारी वर्षा हुन सक्ने जनाइएको छ । राति देशभर सामान्य बदलीको अवस्था रहने छ ।

कोशी, लुम्बिनी र मधेश प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको पहाडी क्षेत्रका १–२ स्थानमा राति पनि भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।

महाशाखाले बाढी, पहिरो र नदीको जलसतह अचानक बढ्न सक्ने सम्भावनालाई दृष्टिगत गर्दै भारी वर्षाको सम्भावना रहेको कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । यात्रा गर्ने, नदी किनारमा बसोबास गर्ने वा पहाडी भेगमा निर्माण कार्य गरिरहेकाहरूलाई विशेष सावधानी अपनाउन भनिएको छ ।

प्रकाशित मिति: बिहिबार, २३ साउन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.