रुखमा बाँधेकाे अवस्थामा शव फेला, चार जना पक्राउ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । झापामा गाउँलेले रुखमा बाँधेकाे अवस्थामा एक पुरुष मृत फेला परेका छन् । मंगलबार राति करिब साढे १० बजे झापा गाउँपालिका– १ लसुनामा आँपको रुखमा बाँधेका स्थानीय ६० वर्षीय जतन सोरेन बुधबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।

अत्याधिक मदिरा सेवन गरेका सोरेनलाई मंगलबार राति स्थानीयले आँपको रुखमा बाँधेका थिए । बुधबार बिहान करिब ४ बजे उनी बाँधेकै अवस्थामा मृत फेला परेकाे  जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

प्रहरीका अनुसार राति छिमेकी महादेव टुडुको घर छेउ पुगेर काम्न थालेपछि महादेवसहित स्थानीयले  घर छेउमा रहेको आँपको रुखमा प्लाष्टिकको डोरीले बाँधेर छाडेका थिए । बुधबार बिहान करिब ४ बजे उठेर हेर्दा मृत भेटिएपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनापछि प्रहरीले अनुसन्धानका लागि  मृतकको छोरा २७ वर्षीय अनतलाल सोरेन,  सोही स्थानका ५० वर्षीय महादेव टुडु, २० वर्षीय लुखिराम टुडु, २१ वर्षीय लखिराम टुडुलाई पक्राउ गरेको हो । अन्य फरार छन् । फरारको पनि खोजी भइरहेको प्रहरीले बताएको छ । पक्राउ परेकाहरुमाथि प्रहरीले ज्यान मुद्दा चलाउने तयारी गरेकाे छ ।

प्रकाशित मिति: बुधबार, २२ साउन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.