रवि लामछिानेको पक्षमा हस्ताक्षर गर्न आउँदा पक्राउ परे यौन दुरुपयोग मुद्दाका दोषी

Satya Sanchar सत्य सञ्चार

विराटनगर । बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर एक व्यक्ती विराटनगरबाट पक्राउ परेका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका–७ का ५९ वर्षीय अर्थराज कोइराला विराटनगरको महेन्द्र चोकबाट पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न आएका बेला उनी पक्राउ परेका हुन् ।

रास्वपाले मंगलबार सभापति लामिछानेको पक्षमा महेन्द्र चोकमा हस्ताक्षर संकलन गरेको थियो । कोइराला हस्ताक्षरका लागि पुगेका बेला पक्राउ परेको मोरङ प्रहरीले जनाएको छ । मुद्दा सुनसरीको भएका कारण मंगलबार नै उनलाई सुनसरी पठाइएको छ ।

‘लामिछानेको पक्षमा रास्वपाले चलाएको हस्ताक्षर अभियानमा सहभागी हुन पुगेका बेला कोइरालालाई पक्राउ गरिएको हो,’ मोरङ प्रहरी स्रोतले भन्यो, ‘त्यसलगत्तै सुनसरी प्रहरीको जिम्मा लगाइएको छ ।’

कोइरालालाई जिल्ला अदालत सुनसरीले गत असार ३२ गते कसुरदार ठहर गरेको थियो । बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर भएका उनलाई अदालतले २ वर्ष कैद, २५ हजार रूपैयाँ जरिबाना हुने फैसला गरेको थियो । पीडितलाई क्षतिपूर्तिबापत कोइरालाबाट २ लाख रूपैयाँ भराउने फैसला पनि भएको थियो ।

अमेरिका बस्दै आएका कोइराला बाल यौन दुर्व्यवहारको आरोपमा गत वैशाखमा पक्राउ परेका थिए । त्यसपछि उनी अदालतले मागेकाे धराैटी बुझाएर छुटेका थिए । मुद्दा फैसला हुँदा उनी दाेषी ठहर भएका थिए ।

प्रकाशित मिति: बुधबार, २२ साउन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.