सप्तरीमा प्रहरीले गाेली चलाउँदा एक जनाकाे मृत्यु

Satya Sanchar सत्य सञ्चार

सप्तरी । प्रहरीले चलाएकाे गोली लागेर सप्तरीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजगड गाउँपालिका वडा नम्बर–२ निवासी लालु यादवको रहेको मधेस प्रदेश प्रहरीले जनाएको छ ।

राजगड गाउँपालिका वडा नम्बर–२ मा मदिरा भण्डार गरिएको ठाउँमा राती सर्च अप्रेसन चलाउँदा मदिरा तस्करसँग भएको झडप भएपछि प्रहरीले चलाएको थियो । गोलीबाट यादवको मृत्यु भएको मधेस प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले बताए ।

उनका अनुसार सीमा नजिकबाट मदिरा भण्डार गरी तस्करी भइरहेको सूचनाका आधारमा प्रहरी पुगेपछि तस्करसँग झडप भएको थियो ।

प्रहरीलाई घेरा हालेर ढुङ्गामुढा प्रहार गर्न थालेपछि आत्मरक्षाको लागि प्रहरीले ७ राउन्ड गोली चलाएको चतुर्वेदीले बताए । प्रहरीले ८० कार्टुन विभिन्न ब्रान्डको रक्सी बरामद गरेको जनाएको छ ।

प्रकाशित मिति: बुधबार, २२ साउन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.