काठमाडौं । सूचना तथा प्रशारण विभागले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण स्थगित गरेको छ । अब याे सेवा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले प्रवाह गर्नेछ ।
मंगलबार सूचना जारी गर्दै विभागले अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३ बमोजिम हुँदै आएको अनलाइन सञ्चारमाध्यम (अनलाइन पत्रिका) दर्ता तथा नवीकरणको काम स्थगन गरेको हो । अब अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको काम जिल्ला प्रशासन कार्यालयबाट हुनेछ ।
सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐनमार्फत छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८ संशोधन गरेपछि विभागले अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको काम रोकेको हाे ।
साउन १४ गते कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले उक्त संशोधन गरिएको ऐन राजपत्रमा प्रकाशित गरेको थियो । संशोधन पछि उक्त ऐनको दफा ७क पछि ७ख मा अनलाइन सञ्चारमाध्यम दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ ।
सूचना तथा प्रशारण विभागमा अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण हुनेमा संशोधन पछि भने अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्न चाहने व्यक्तिले त्यस्तो सञ्चारमाध्यम दर्ता गर्नको लागि तोकिएको दस्तुरसहित तोकिएको ढाँचामा स्थानीय अधिकारीसमक्ष निवेदन दिनुपर्ने व्यवस्था गरेको छ । प्राप्त निवेदन उपर स्थानीय अधिकारीले आवश्यक जाँचबुझ गरी दर्ता गर्न उपयुक्त देखिएको अनलाइन सञ्चारमाध्यम दर्ता गर्न सक्ने प्रावधान संशोधनपछि थप गरिएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)