झापा,माेरङ र सुनसरीबाट २२ ट्रान्सफर्मर चोरी, १२ जना पक्राउ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । गत माघयता झपा, मोरङ र सुनसरीमा ट्रान्सफर्मर चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । गत माघ १५ गते यता मोरङमा ८ स्थान, सुनसरीमा १२ र झापामा २ वटा ट्रान्सफर्मर चोरी भएको थियो । यी चाेरीका घटनामा संलग्न भएकाे आराेपमा प्रहरीले १२ जनालाई पक्राउ गरेकाे हाे । पक्राउ पर्नेमा ७ जना चाेर र ५ जना चाेरीकाे सामान खरिद गर्नेहरु छन् ।

याे समूहले कृषि प्रयाेजन र एकान्त स्थानमा राखेकाे ट्रान्सफर्मर चाेरी गर्ने गरेकाे थियाे ।

काेशी प्रदेश प्रहरी कार्यालय विराटनगरले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेकाे विवरण अनुसार मोरङकाे ग्रामथान गाउँपालिका– ४ का ४२ वर्षीय अर्जुनकुमार माझी (चौधरी), ग्रामथान– ५ का ३१ वर्षीय इरज धामी, सुनसरी दुहबी नगरपालिका– ३ का ३५ वर्षीय अनुज विश्वास (चौधरी), दुहबी नगरपालिका – २ का ३९ वर्षीय प्रयाग कुमार खाँ चौधरी, मोरङ बेलबारी नगरपालिका – ४ का २६ वर्षीय अर्जुन चौधरी बेलबारी– ३ का २७ वर्षीय रञ्जित तामाङ र देश भारत घर दुहबी नगरपालिका – ४ स्थित ससुराली घरमा बस्दै आएका ३४ वर्षीय आलम मिया चाेरीमा पक्राउ परेका छन् ।

चोरीको सामान भने विराटनगर महानगरपालिका– ३ का ५३ वर्षीय लक्ष्य प्रधान, मोरङ विराटनगर महानगरपालिका – ६ का ६२ वर्षीय कृष्णगोपाल ताम्राकार, सुनसरी दुहबी नगरपालिका– ३ का ३२ वर्षीय योगेश अग्रवाल, दुहबी २ का ३१ वर्षीय कपिल भट्ट, इटहरी उपमहानगरपालिका– ४ का ३९ वर्षीय सिताराम राईल पनि पक्राउ परेका छन् ।

यो गिरोहले २ करोड मूल्य बराबरका २२ वटा ट्रान्सफर्मर चोरी गरेको थियो ।

प्रहरीले चोरीमा प्रयोग भएका औजार डायल रेन्च  २२ थान, सलाई रेन्व ३ थान, पिलास ३ थान, पेचकस ३ थान, छिनो  १ थान, कैची १ थान, ह्याक्सो बिलेट ३ थानलगायत सामान बरामद गरेको छ ।

प्रहरीले चोरीमा प्रयोग भएको ६ वटा मोटरसाइकल पनि बरामद गरेको छ ।

यो गिरोहले गत माघ १५ गतेदेखि चोरी गर्दै आएको थियो । साउन ९ गते मोरङको रंगेली नगरपालिका– ९ इटाभट्टा टोलमा ट्रान्सफर्मर चोरी गर्न गएकाे समूहका ४२ वर्षीय अर्जुनकुमार थारु पक्राउ परेपछि प्रहरी गिरोहसम्म पुगेको थियो । ट्रान्सफर्मर चोरीको गिरोह खोज्नका लागि प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालयबाट संयुक्त रुपमा टोली खटिएको थियो ।

प्रकाशित मिति: मङ्गलबार, २१ साउन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.