विराटनगर । पाँच दिनदेखि बेपत्ता दाजु बहिनी मृत अवस्थामा फेला परेका छन् । पाँचथरको याङवरक गाउँपालिका–१, विरुवाका बिर्खबहादुर राईका छोरा १० वर्षीय शिशिर राई र छोरी ५ वर्षीय नानुमा राई मृत फेला परेका हुन् ।
उनीहरूको शव मगंलवार बिहान विरुवा खोला किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
हराई रहेका दाजु बहिनी विरुवा खोला किनारमा छुट्टा छुट्टै स्थानमा मृत फेला परेका हुन् । बहिनीको केही तल र दाजुको केही माथि खोला किनारमा शव भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार, साउन १५ गते शुक्रवार विद्यालय जान हिँडेका उनीहरू त्यसपछि सम्पर्कविहीन भएका थिए ।
जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक रुपेश तामाङका अनुसार उनीहरू स्कुल भने पुगेनन ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)