जनार्दन शर्मा आत्मालोचनाका लागि तयार, प्रचण्ड पनि सच्चिनु पर्ने तर्क

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । पार्टी भित्र फरक मत राख्दै आएका नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकर आत्मालोचना गर्न तयार भएका छन् । पार्टी स्थायी कमिटीको आइतबारको बैठकमा शर्माले तर त्यसका लागि अध्यक्ष प्रचण्ड पनि तयार हुनुपर्ने धारणा राखे ।

‘म देश र जनताका लागि आत्मालोचनामात्रै होइन जुनसुकै त्याग गर्न तयार छु,’ बैठकमा शर्माले राखेको भनाइ उधृत गर्दै स्रोतले भन्यो, ‘अध्यक्ष प्रचण्डबाट उत्पन्न समस्याको जिम्मा उहाँ स्वयंले लिनुपर्छ, हामी सबै तयार नै छौं ।’

उनले पार्टी अब विशेष महाधिवेशनमा जानुपर्ने प्रस्ताव गरेका छन् ।

‘अध्यक्ष प्रचण्डले दिएका बाहिरी अभिव्यक्तिहरू र पार्टी फुट्दैछ भन्ने प्रचार नेता र कार्यकर्तालाई भ्रमित गर्ने र पार्टी निर्माणका एजेण्डा डाइभर्ट गर्ने कसरत मात्रै हो,’ शर्माले भनेका छन्,‘ पार्टीभित्र प्रतिष्पर्धा र जनउत्तरदायित्वलाई आत्मसात गर्न विशेष महाधिवेशन नै आजको विकल्प हो । अब बहस खुल्ला गर्नुपर्छ ।’

बैठकमा उपमहासचिव शर्माले सरकारबाट बाहिरिएपछि सुरू भएको सुशासनको अभियानलाई अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेसँगको दुई बुँदे सहमतिमा लगेर बिसाएको आरोप लगाए ।

शुक्रबारदेखि सुरू भएको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा शनिबारसम्म बोल्ने अधिकांश नेताहरूले शर्मालाई आत्मालोचना गर्न सुझाव दिएका थिए ।

प्रकाशित मिति: आइतबार, १९ साउन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.