एमाले विराटनगर : वडा तहसम्म पार्टीकाे दुई लाइन

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेकपा एमाले विराटनगर महानगरका १९ वडा मध्ये १७ वडामा अधिवेशन मार्फत नयाँ नेतृत्व चयन गरेकाे छ । शनिबार एकै दिन १७ वडाले तेस्राे वडा अधिवेशन गरी नेतृत्व चयन गरेका हुन् ।

दुई वटा वडाको अधिवेशन स्थगित भएको छ । १४ वडा कमिटीमा सर्वसम्मत नेतृत्व चयन भएको  थियाे । ३ वडामा भने मतदान भएको थियो ।

एमालेकाे वडा अधिवेशनमा संस्थापन पक्ष र विद्यादेवी भण्डारी पक्ष देखिएकाे छ । यसअघि महानगर अधिवेशन र जिल्ला अधिवेशनमा विनोद ढकाल समूह विजयी भएको थियो । ढकाल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकाे समूहमा छन् ।

नयाँ नेतृत्व चयन भएका १६ वटा वडा मध्ये २ वटा संस्थापन पक्ष आएकाे छ । बाँकी १५ वडामा इतर पक्ष नेतृत्वमा आएकाे छ । महानगरकाे वडा नम्बर ७ र ९ को वडा अधिवेशन भने साउन २५ गते भित्र गर्नेगरी स्थगित भएको नगर सचिव विज्ञान चापागाईंले जानकारी दिए । उनका अनुसार १४ वटा वडाकाे नेतृत्व सर्वसम्मत रुपमा चयन भएकाे छ । विराटनगरको वडा नम्बर ४, १० र १४ को नेतृत्वका लागि भने मतदान भएको हो ।

तेश्रो वडा अधिवेशनबाट वडा नम्बर १ को अध्यक्षमा इश्वर रिजाल, २ मा प्रविणचन्द्र कर्ण, ३ मा इश्वर निरौला, ५ मा राजेश गिरी, ६ मा नारायण बराल, ८ मा भुवन राजवंशी, ११ मा सूर्यकिरण घिमिरे, १२ मा भानुभक्त पाठक, १३ मा निरज बस्नेत, १५ मा भिखारी खत्वे, १६ मा धनकुमार लामा, १७ मा मोहम्वत गुल्जार, १८ मा जितेन्द्र कामत र १९ मा अमिरलाल चौधरी सर्वसम्मत भएका छन् । ९ वटा वडा कमिटीमा अध्यक्षहरुमा पुन दोहोरिएका हुन् ।

निर्वाचन भएकाे वडा नम्बर १० मा कृष्ण तिम्सिना विजयी भएका छन् । वडा नम्बर १४ मा सन्तोष शर्मा निर्वाचित भए । वडा नम्बर ४ ४ मा नवराज काफ्ले विजयी भए ।

वडा नम्बर ११ र १६ का वडाध्यक्ष संस्थापन पक्षका हुन् । बाँकी ढकाल पक्षका हुन् । ढकाल पक्षमा रहेको भनिएका दुई वटा वडाका अध्यक्ष भने दुवै पक्षमा रहेको एमाले नेताहरु बताउँछन् ।

प्रकाशित मिति: आइतबार, १९ साउन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.