काेशीकाे नाम लेख्ने शैली परिमार्जन, अब ‘कोशी प्रदेश सरकार विराटनगर’ लेख्ने

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेश मन्त्रीपरिषद् बैठकले प्रदेशको नाम लेख्नै शैली परिमार्जन गर्ने निर्णय गरेको छ ।

प्रदेशको आधिकारिक कागजात, लेटरहेड, बोर्डलगायत संरचनामा ‘कोशी प्रदेश सरकार, विराटनगर नेपाल’ लेख्ने निर्णय गरेको हो । यसअघि ‘प्रदेश सरकार,कोशी प्रदेश विराटनगर’ लेखिँदै आएको थियो ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको नाम स्पष्टता ल्याउने उद्देश्यले नाम परिमार्जन गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।

‘त्यो(नाम) प्रदेशसभाले पास गरेको ऐन बमोजिम ठ्याक्कै मिल्ने गरी नदेखिएको हुँदा यसमा केही संशोधन जरुरी भएकाले अबदेखि कोशी प्रदेश सरकार विराटनगर नेपाल नामाङ्करण गर्नेगरी निर्णय भएको छ,’ उनले भने,‘ हाम्रा सबै लेटरहेड र साइनबोर्डमा राख्नेगरी भइरहेको नाम थोरै परिवर्तन गर्ने निर्णय भयाे ।’

बैठकले कात्तिक २५ गते महागुरु फाल्गुनन्द जयन्तीको अवसर पारेर लागु गर्ने गरी भाषा सम्बन्धि कानुन निर्माण गर्ने निर्णय गरेकाे छ । ‘कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२’ लाई प्रदेश सभामा पेश गर्न स्वीकृति दिएको मन्त्री भण्डारीले जानकारी दिए ।

भाषा आयोगले कोशी प्रदेशमा लिम्बु र मैथिली भाषालाई कामकाजको भाषा बनाउन प्रदेश सरकारलाई निर्देशन दिएको थियो । सोही अनुसार सरकारले विधेयक तयार गरेको हाे ।
कोशी प्रदेशमा प्रतिपक्षी दलका सांसदहरुले भाषा सम्बन्धी विधेयक दर्ता गरेको थियाे । तर त्यो विधेयक अघि बढेको छैन । सरकारले प्रतिपक्षीको विधेयकलाई छाडेर छुट्टै विधेयक ल्याएकाे हाे ।

विधेयक पारित भएपछि प्रदेशमा नेपाली भाषाका अतिरिक्त लिम्बु भाषा र मैथिली भाषाले पनि सरकारी कामकाजको मान्यता पाउनेछन् । महागुरु फाल्गुनन्दको जन्मजयन्तीको अवसर पारेर आगामी कात्तिक २५ गतेबाट उक्त कानुन कार्यान्वयनमा जाने मन्त्री भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, १८ साउन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.