प्रदेश प्रमुखले नमानेपछि राेकियाे मन्त्रीकाे शपथ

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । बागमती प्रदेश सरकारका नयाँ मन्त्रीहरूको शपथ रोकिएको छ । कांग्रेस संसदीय दलको नेताको जिम्मेवारी गुमाएका मुख्यमन्त्री बहादुरसिंह लामाले आफ्नो पक्षका तीन जनालाई मन्त्री नियुक्त गरेका थिए ।

यो नियुक्तीप्रति कांग्रेस र एमाले दुबै दल असन्तुष्ट छन् ।

मुख्यमन्त्री लामाले मन्त्रीहरूको शपथ गर्न प्रदेश प्रमुख समक्ष दबाब बढाएका थिए । तर प्रदेश प्रमुखले भने आफू विरामी परेको भन्दै शपथ स्थगित गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयद्वारा बुधबार सार्वजनिक गरिएको सूचनामा उल्लेख गरिए अनुसार दिउसो १ बजे तोकिएको शपथ समारोह स्थगित गरिएको हो ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको स्वास्थ्यमा अचानक समस्या देखिएकोले उपचारको लागि काठमाडौँ जानुपरेकाले शपथ ग्रहण कार्यक्रम जनाइएको छ । सोही कारण आजको समारोहमा उपस्थित हुन नसक्ने भएकाले शपथ ग्रहण कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको सूचनामा उल्लेख छ ।

मुख्यमन्त्री लामाले रिक्त ५ मन्त्रालय मध्ये चितवनकी माया श्रेष्ठ, गीता गुरुङ र धादिङका गोविन्द लम्साललाई मन्त्री नियुक्त गरेका थिए । मुख्यमन्त्री लामाले लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालय र गुरुङलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिने निर्णय सहित प्रदेश प्रमुखसमक्ष पत्राचार गरेका  थिए ।

प्रकाशित मिति: बिहिबार, १६ साउन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.