संसदमा गुन्जियो अर्काे गीत : ‘जनता अन्धकारमा, सरकार भ्रष्टाचारमा’

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेशसभा बैठकमा बोल्ने क्रममा बेलाबेला सांसदले गीत मार्फत आफ्नो भनाइ व्यक्त गर्छन् । गीत मार्फत आफ्नो भनाइ व्यक्त गर्नेमा बहालवाला मन्त्रीदेखि सांसदहरु छन् ।

मंगलबारको प्रदेशसभा बैठकमा माओवादी केन्द्रका सांसद गोम्बु शेर्पाले गी मार्फत आफ्नो भनाइ राखेका छन् । ‘बिजुलीको कुनै टुंगो हुँदैन र बिजुली गइसकेपछि कुनै बेला चै तीन चार घण्टा सम्म निरन्तर गैरहने र बिजुली आएको बेला पनि दिउँसो गर्मीको समयमा असाध्यै मन्द गतिको आउने त्यसले फ्यान र एसीहरु पनि चलाउन नसक्ने छ,’ उनले भने,‘ नेपाली जनता अहिलेको गर्मीको सिजनमा असाध्यै पिडित छन्, प्रताडित छन् ।’

सरकारको बेइमानी गतिविधीले अधिकांश नेपाली जनतालाई यो गीतको चै याद आइराखेको भन्दै उनले गाए,‘ नालीमै मुख गाड्छौ किन हो सरकार
घुसखोरी, भ्रष्टाचार गर्यौ अत्याचार
कता हिडेको बिजुली मारेर
कुलमान फालेर, भ्रष्ट पालेर
दलाल पालेर
तिमी भ्रष्ट बनेर, तिमी दलाल बनेर
जनता अन्धकारमा, सरकार भ्रष्टाचारमा ।’

उनले नियमित विद्युत आपुर्तीकाे माग गरे ।

आइतबारको प्रदेशसभा बैठकमा पनि वन पर्यटन तथा वातावरण सदानन्द मण्डलले पनि नविन के भट्टराईको खादै नखाएको विषले ज्युँदै मार्याे बोलको गीत गाएका थिए ।

प्रकाशित मिति: मङ्गलबार, १४ साउन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.