काेशी सरकारले स्वीकार गर्याे गल्ती, सच्याउन परिपत्र

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशको आर्थिक ऐन निर्माणका क्रममा कमजोरी भएको स्वीकार गरेको छ । कमजाेरी स्वीकार गरेकाे सरकारले सच्याउनका लागि पनि मातहतका कार्यालयलाई परिपत्र गरेकाे छ ।

प्रदेशको आर्थिक ऐनले महिला, जेष्ठ नागरिक र बाबुआमा नभएका बालबालिकाको नाममा जग्गा पास गर्दा राजश्वमा २५ प्रतिशत छुट दिने व्यवस्था गरेको थियो । छुटका लागि महिला र ज्येष्ठ नागरिक रहेको स्थानीय तहको सिफारिसको आधारमा मात्रै दिनसक्ने प्रावधान थियो । यो प्रावधानले महिलाले छुटका लागि वडाबाट महिला भएको सिफारिस ल्याउनु पर्ने बाध्यता थियो ।

ऐनका कारण नागरिकले दुःख पाएको गुनासो आएपछि सरकारले ऐनको कमजोरी सच्याउको हो । मंगलबार प्रदेशसभा बैठकमा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले सिफारिस नलिनु भनि परिपत्र गरेको बताए ।

‘भुमि व्यवस्थापन सँग सम्बन्धित विषयगत मन्त्रालय आन्तरिक मामिला तथा कानुन मन्त्रालय हो । यही प्रदेशसभाबाट पारित भएको आर्थिक ऐनमा एउटा सामान्य त्यो विषय पर्न गएछ,’ उनले भने,‘ र त्यसमा कोशी प्रदेश सरकारको ध्यानाकर्षण भयो । त्यसलाई आर्थिक ऐनको व्यवस्था बमोजिम नै आर्थिक मामिला तथा योजना मन्त्रालयले त्यसलाई विशेष आदेश जारी गरेर त्यसलाई सच्याउने काम गरिसकेको व्यहोरा म निवेदन गर्न चाहन्छु ।’

उनले आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कुनै परिपत्र नगरेको बताए । ‘यो आर्थिक ऐनमा रहेको व्यवस्था बमोजिम नै त्यस्तो हुन गएछ र त्यो आदेशबाट सचिसकेको व्यहोरा म विनम्रतापूर्वक जानकारी गराउन चाहन्छु,’ उनले भने ।

प्रकाशित मिति: मङ्गलबार, १४ साउन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.