३००० माथि पुग्यो नेप्से, १८ अर्बको कारोबार

Satya Sanchar सत्य सञ्चार

विराटनगर । सेयर बजार मापन गर्ने नेप्से परिसूचक ३००० बिन्दु माथि पुगेर बन्द भएको छ । मंगलबार नेप्से ३०.७६ अंकले बढेर ३००२.०७ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

यो करिब ४ वर्ष यताकै उच्च विन्दु हो । यसअघि २०७८ भदौ १३ गते नेप्से ३०४४.८७ विन्दुमा बन्द भएको थियो । सोपश्चात आज नेप्से उच्च विन्दुमा पुगेको हो ।

आज कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । सोमबार १९ अर्ब ३६ करोड रूपैयाँको कारोबार भएको थियो । मंगलबार १८ अर्ब ५२ करोड रूपैयाँको कारोबार भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा ८४ करोड रूपैयाँ कमी आएको हो ।

आज ३२१ वटा धितोपत्रको चार करोड १८ लाख ८ हजार ९६६ कित्ता सेयर किनबेच भएको हो ।

मंगलबार १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७४ वटाको घटेको छ ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये विकास बैंक र वित्त समूहको परिसूचक घटेको छ भने बाँकी ११ समूहको परिसूचक बढेको हो ।

प्रकाशित मिति: मङ्गलबार, १४ साउन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.