३००० माथि पुग्यो नेप्से, १८ अर्बको कारोबार

Satya Sanchar सत्य सञ्चार

विराटनगर । सेयर बजार मापन गर्ने नेप्से परिसूचक ३००० बिन्दु माथि पुगेर बन्द भएको छ । मंगलबार नेप्से ३०.७६ अंकले बढेर ३००२.०७ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

यो करिब ४ वर्ष यताकै उच्च विन्दु हो । यसअघि २०७८ भदौ १३ गते नेप्से ३०४४.८७ विन्दुमा बन्द भएको थियो । सोपश्चात आज नेप्से उच्च विन्दुमा पुगेको हो ।

आज कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । सोमबार १९ अर्ब ३६ करोड रूपैयाँको कारोबार भएको थियो । मंगलबार १८ अर्ब ५२ करोड रूपैयाँको कारोबार भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा ८४ करोड रूपैयाँ कमी आएको हो ।

आज ३२१ वटा धितोपत्रको चार करोड १८ लाख ८ हजार ९६६ कित्ता सेयर किनबेच भएको हो ।

मंगलबार १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७४ वटाको घटेको छ ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये विकास बैंक र वित्त समूहको परिसूचक घटेको छ भने बाँकी ११ समूहको परिसूचक बढेको हो ।

प्रकाशित मिति: मङ्गलबार, १४ साउन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.