बागमतीका मुख्यमन्त्रीले राजीनामा नदिने

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दल नेताको हैसियत गुमाएका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले मुख्यमन्त्रीबाट राजीनामा नदिने बताएका छन् । आफूविरूद्ध मन्त्रीहरू र नेताहरूले प्रपञ्च गरेको आरोप लगाउँदै उनले राजीनामा नदिने बताएका हुन् ।

मंगलबार हेटौंडामा बसेको संसदीय दल बैठकमा दल नेता तामाङका पक्ष र विपक्षमा रहेका सांसदहरूको मतविभाजन गरिएको थियो ।

लामाका पक्षमा १५ जनाले मात्रै मत दिए भने सांसद ईन्द्रबहादुर बानियाँका पक्षमा २२ जना उभिए । बागमतीमा कांग्रेसका ३७ जना सांसद छन् ।

बागमती कांग्रेसमा अहिले संसदीय दल नेता रिक्त भएको अवस्था छ । त्यसका लागि भोलि निर्वाचन हुनेछ । मुख्यमन्त्री तामाङ नै दल नेता उठ्छन् कि उनको पक्षबाट अरू कोही सांसदलाई उम्मेदवार बनाउँछन् यकिन छैन । तर अर्को पक्षबाट भने ईन्द्र बानियाँ संसदीय दल नेताको प्रतिस्पर्धी हुन् ।

दल नेताको हैसियत गुमाएका मुख्यमन्त्री तामाङले मुख्यमन्त्रीबाट राजीनामा नदिने बताए । ‘मुख्यमन्त्री हुन दल नेता हुनुपर्छ भन्ने कानुनी व्यवस्था छैन,’ उनले भने, ‘अहिले दल नेता रिक्त भएको अवस्था छ, मुख्यमन्त्रीबाट भने म राजीनामा दिन्न।’ संसदीय दल र सरकार फरक विषय भएको उनले बताए । उनले गठबन्धन सरकार रहेको र मुख्यमन्त्री हुन दल नेता हुन आवश्यक नरहेको पनि बताए ।

प्रकाशित मिति: मङ्गलबार, १४ साउन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.