धनुषामा किशाेरीकाे हत्या, दुई जना घाइते

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ मा एक जनाको हृत्या भएको छ । दुईजना घाइते छन् ।

कटैयाचौरी भन्ने स्थानमा धनुषाको बटेश्वर गाउँपालिका– ५ शान्तिपुरका दिनेश यादवकी १४ वर्षीया छोरी अञ्चली यादवको हत्या भएको हो ।

अञ्चलीकी आमा ३६ वर्षीया आशा यादव र आशाकी भतिजी राधा यादव घाइते छन् ।

उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ ।

अञ्चली जनकपुरमा डेरा गरी आमासँग बसेर पढिरहेकी थिइन् ।

मधेश प्रदेश प्रहरी प्रमुख उमा चतुर्वेदीका अनुसार घटना गएराति ११ बजेतिर भएको हो । उनले घटनाको अनुसन्धान भइरहेको र धारिलो हतियार प्रहार गरी फरार भएका व्यक्तिको खोजी भइरहेको जानकारी दिए ।

प्रकाशित मिति: मङ्गलबार, १४ साउन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.